यूवाको सक्रियतामा बेनी–अर्थुङ्गे मर्मत

0
381

बर्षाका कारण ठाँउठाउँमा जोखिम बनेको सडक यूवाहरुको पहलमा मर्मत गरिएको छ । बेनी–अर्थुङ्गे सडकखण्ड अन्र्तगरत जामुनाखर्क जाने सडकको मर्मत गरिएको हो ।स्थानीय अर्थुङ्गे यूवा क्लवले हिलाम्मे, ढल ब्यवस्थापन हुन नसक्दा सडकमा पुगेको क्षतीले सवारीसाधन तथा पैदलयात्री आवतजावतमा सास्ती भएपछि मर्मतसम्भारमा सक्रिय भएका हुन् ।

क्लवका अध्यक्ष शिशिर शाहीका अनुसार दैनिक आवतजावत गर्ने सडक मर्मतमा सरकारी बजेटको पखाईमा बस्नुपर्ने अवस्थाले यात्रुलाई थप सास्ती भइरहेको बताउँदै गाउँघर तथा आसपासका क्षेत्रमा जिर्ण भएको सडक मर्मतमा स्थानीयले समेत सक्रियता देखाउनुपर्नेमा जोड दिए । उनले सडकमा पानीको निकासी नहुदाँ सवारीसाधनमा यात्रा गर्दा समेत जोखिम मोल्नुपर्ने अवस्थालाई मध्यनजर गरी क्लवले मर्मत गरेको बताए ।

उनले विगतमा समेत क्लवले सामाजिक कार्यमा सक्रियता देखाएको अवस्थामा आवश्यकता परेमा गाउँमा आवश्यक परेमा थप जनशक्तीलाई परिचालन गरिने बताए।उनले आफ्नो घर आगन आसपासमा भत्किएको सडक मर्मतमा सक्रियता देखाएमा सहज हुने बताए । क्लवले खेलकुद सहित विभिन्न सामाजिक कार्यमा समेत सक्रियता देखाइरहेको छ । जिल्लामा बर्षातको समयमा साँधुरो, कच्ची सडकमा जोखिमपूर्ण रुपमा सवारीसाधनमा यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।