वेष्ट पोइन्ट फाउन्डेसनको अध्यक्षमा श्रेष्ठ

0

म्याग्दी सदरमुकाम स्थित वेष्ट पोइन्ट एजुकेसन फाउन्डेसनको अध्यक्षमा सुदर्शन कुमार श्रेष्ठ चयन हुनुभएको छ । कम्पनि रजिस्टारको कार्यालय बिरौटा बेनी बजारमा हालै सम्पन्न भएको १७ औ साधारण सभाबाट दुइ बर्षका लागि श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको हो । साधारण सभाले संस्थाको आन्तरिक बिभागहरु समेत हेरफेर गरेको छ ।

जसअनुसार प्राज्ञिक विभाग संयोजकमा सुदर्शन कुमार श्रेष्ठ, आर्थिक बिभाग संयोजकमा सुबास कुमार श्रेष्ठ, होस्टेल बिभाग संयोजकमा यज्जनलाल शाक्य, आपूर्ति बिभाग संयोजकमा शिबकुमार श्रेष्ठ अतिरिक्त बिभाग संयोजकमा हरिकृष्ण श्रेष्ठ, भौतिक निर्माण बिभाग संयोजकमा कृष्ण प्रसाद श्रेष्ठ र अन्तरिक लेखा परिक्षण बिभाग संयोजकमा रबिन्द्रराज जोसी रहनु भएको छ ।

नव निर्बा्चित अध्यक्ष सुदर्शन कुमार श्रेष्ठले वेष्ट पोइन्टको गरिमालाई अझै उचाईमा पुर्याउन यसका सबै पक्षलाई चुस्त बनाउने कुरा बताउनु भएको छ । भदौ ३ गते आइतबार विद्यालयमा आयोजित एक कार्यक्रममा उहाँले मंटेसरी देखि बिबिएस सम्मका ११७ जना शिक्षक र कर्मचारीहरुलाई आफ्ना योजनाका बारेमा जानकारी गराउनु भएको शो । उहाँले श्रब्य दृश्य सामग्री प्रयोग गरि विद्यालयको मूल मन्त्र (Motto) सम्बोधित्व तर्फको यात्रा (Towards Enlightenment)को बारेमा बुद्ध शिक्षाको उदाहरण प्रस्तुत गर्नु भयो ।

जिल्लामा एस एल सी कक्षा ११, १२ र बिबिसको नतिजा उत्कृष्ट रहेको र यसलाई कायम राख्दै राष्ट्रकै उत्कृस्ट विद्यालय एवं कलेज बनाउन नयाँ नीति तथा कार्यक्रम तय गरेको बतायनु भएको छ । कक्षा ११ र १२ र बिबिएसका कक्षालाई नव निर्मित आधुनिक भबनमा कक्षा संचालन हुने र त्यसको लागि सम्पूर्ण तयारी पुरा भैसकेको उहाँले बताउनुभयो ।

संचालक समितिका सदस्य सुबासकुमार श्रेष्ठले संचालन गर्नुभएको कार्यक्रममा आफ्ना प्रस्तुति सगै अध्यक्ष सुदर्शन कुमार श्रेष्ठले समापन गर्नु भएको वेस्ट पोइन्ट मिडिया हबले जनाएको छ सातजना संचालक रहेको यस फाउन्डेसन अन्तर्गत हाल वेष्ट पोइन्ट मंटेसरी, न्यु वेस्ट पोइन्ट आवासीय मावि र वेस्ट पोइन्ट कलेज संचालित छन् ।