आमा समूहद्वारा आर्थिक सहयोग

0

पर्वतको जलजला गाउँपालिका–७, मिलनचोकमा क्रियाशिल महिला सुधार आमा समूहले बुधबार आर्थिक सहयोग गरेको छ। समूहका सदस्य मनमाया गिरीको श्रीमान् टेकबहादुर गिरीको असामयिक निधन भएको १३औं दिनको पुण्यतिथिमा आमा समूहले नगद तीनहजार ३३३ रुपैयाँ गिरी परिवारलाई सहयोग हस्तान्तरण गरेको हो ।

समूहका अध्यक्ष भद्रकली जैसीले सदस्य मनमाया गरीलाई नगद हस्तान्तरण गरेकी थिइन् । कार्यक्रमको अवसरमा स्वर्गीय टेक गिरीको सम्झनामा श्रद्धाञ्जली सभाको समेत आयोजना गरिएको थियो । स्व. गिरीका ५ ओटी छोरीहरु रहेका छन् ।दुःख पीडा परेको अवस्थामा पीडित परिवारका छोरीहरुको शिक्षामा सघाउने उद्देश्यले थोरै भए पनि आर्थिक सहयोग उपलब्ध गराइएको महिला सुधार आमा समूहले जनाएको छ । आमा समूहले विभिन्न कारणले अप्ठ्यारोमा परेका व्यक्तिहरुलाई सहयोग गर्दै आइरहेको छ ।