खिमकुमारीको उपचारका लागी आर्थीक सहयोग

0

म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेगकी फोक्सोको क्यान्सबाट पिडित खिमकुमारी शर्माको उपचारका लागी आर्थीक सहयोग भएको छ । पर्वत जलजला–मा रहेको लायन्स क्लब अफ बेनी मल्लाजले मल्लाजले एकलाख २३ हजार चार सय २० रुपियाँ सहयोग संकलन गरेको छ ।फोक्सोको क्यान्सरबाट थलिएकी शर्माको उपचारमा आर्थिक समस्या भएपछि लायन्स क्लबले सहयोग संकलन अभियान सञ्चालन गरेको थियो ।

संकलित रकम विहिवार क्लबले क्यान्सर पीडित शर्माको आफन्तलाई हस्तान्तरण गरेको क्लबका अध्यक्ष श्रीलाल चापागाईले बताउनुभयो । शर्माको उपचारमा सहयोग गर्नको लागी म्याग्दीमा रहेको परोपकारी संस्था ओमकुमारी शान्तिकोषलाई अनुरोध गरिएको उहाँले बताउनुभयो । पर्वत बेनीमा बस्दै आएकी ४२ वर्षिया शर्माको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि लायन्सले अभियान सुरु गरेको क्लबका कोषाध्यक्ष पुस्कल ढुङ्गानाले बताउनुभयो । शर्माको उपचारमा करिव ३० देखि ४० लाख सम्म लाग्ने भएको हुँदा सहयोग अभियानलाई जारी राख्ने उनले बताउनुभयो । यसै गरि सफल महिला बचत तथा ऋण सहकारी संस्था पर्वत बेनीले शर्माको उपचारका लागि सहकारीको मानविय सहायता कोषबाट २१ हाजर र सेयर सदस्यहरुबाट संकलित १० हजार गरि ३१ हजार पीडित शर्माको आफन्तलाई हस्तान्तरण गरिएको छ । क्यान्सर पीडित शर्माको अहिले काठमाडौको ग्राण्डी ईन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ ।