जातीय विविधताको विचमा अनेकको एकता भएको म्याग्दी जिल्लाको सदरमुकाम बेनीमा सांस्कृतिक विरासत जोगाउन युवाहरु लागिपरेपछि बर्खेनाचको रौनक छाएको छ ।करिव २ सय वर्षअघि विसं १८७०÷७५ सालदेखि बेनीमा वस्ती वस्न सुरु भएदेखि नै स्थानीय नेवार समुदायले विभिन्न किसिमका सांस्कृतिक प्रदर्शनहरु गर्दै आएको र त्यसैको निरन्तरता बर्खेनाच पनि भएको स्थानीय नेवार समुदायका वयोवृद्धहरुले बताएका छन् ।

हरेक वर्ष घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालीका तिजको दिनसम्म देखाइने विभिन्न किसिमका धार्मिक र सांस्कृतिक महत्वका नाचहरुलाई नै बर्खे नाच भनेर परिभाषित गरिएको छ । जसअन्तर्गत लाखे,घोडा,नागनागिनी नाँच,रोपाइँ नाच र जोगि नाच पर्दछन् ।यी नाचहरु नेवार समुदायको साँस्कृतिक पहिचानको रुपमा चिनिने भएपनि पछिल्लो समय अन्य जाती र समुदायका व्यक्तिहरुले समेत सहभागीता जनाउन थालेका छन् ।

नेपाल भाषा मंकाःखलः को मुल संयोजनमा घण्टाकर्ण चर्तुदर्शीका दिनदेखि यी नाचहरु देखाउन थालिएको हो ।परापुर्व कालमा समाजमा दुख दिएको र विकृती फैलाएको घण्टाकर्ण नामको राक्षसको हत्यापछि राक्षसकी श्रीमतीले पति बियोगमा गरेको चरित्रलाई मुकुण्डो लगाएर स्वरुप परिवर्तन गरेका कलाकारहरुले बर्खेनाचमा अभिनय सहित नृत्य देखाउने गरिन्छ

यस बर्ष भदौ २७ गते हरितालिका तिजको दिनसम्म बेनीको साँस्कृतिक पहिचानको रुपमा रहेको बर्खेचान अन्र्तगत विभिन्न नाचहरु देखाउन थालिएको मंका ः खल अन्र्तगतको युवाहरुको समुह ल्याम पुचका अध्यक्ष सुविन कुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘‘ अहिले पछिल्लो समय बर्खेनाच बेनीमा लोकप्रिय बनीरहेको छ, बिचमा केही समय नाचहरु नै लोपहुने अबस्थामा थिए, पछि युवापुस्ताहरु समेत परम्परागत नाच शिक्ने थालेपछि अहिले पुराना नाचहरु संरक्षणमा समेत टेवा पुगेको छ’’–उहाँले भन्नुभयो ।