पाँचबर्ष अगाडी म्याग्दी अस्पतालको जिम्मेबारी सम्हाल्न आउँदा डा. रोशन न्यौपानेले अस्पतालमा ओपिडी, दिशापिसाव, रगत चेकजाँच र एक्सरे सेवा लगाएत सामान्य रोगका विरामीलाई भर्ना गरिन्थ्यो । चिकित्सक,स्वास्थ्यकर्मीको संख्या न्यून, आधुनिक उपकरणको अभावमा अस्पतालको प्रवेशद्धारबाटै उपचारका लागि जिल्ला बाहिर जाने गरेका थिए ।

अभावै अभावमा अस्पताल संगै जिल्ला स्वास्थ्य कार्यालयको जिम्मेबारी सम्हालेका डा.न्यौपानेले मन्त्रालयमा रहेको आफ्नो कनेक्सनलाई जिल्लाको स्वास्थ्य सेवामा प्रयोग गरे।इमर्जेन्सी देखी शल्यक्रियासम्म आवश्यक पर्ने नयाँ उपकरणमा ल्याउन न्यौपानेले खेलेको भूमिकाले अहिले जटिल मानिएका अप्रेसन समेत जिल्लामै सम्भव भएको छ ।

उनले अस्पतालबाट अनुभवी चिकित्सक बाहिरिदाँ विरामीलाई मर्का पर्ने बताए । अस्पताल भित्र सहज सेवा प्रवाहमा अझैपनि केही समस्या देखिएको बताउँदै सेवा प्रवाहमा गम्भीर हुनुपर्ने बताए । बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठले अस्पतालको सेवा सुधारमा डा. न्यौपानेका भूमिका महत्वपूर्ण रहेको बताए ।उनले भविस्यमा पनि अस्पतालको सेवा प्रवाहमा भविस्यमा पनि सहयोगको अपेक्षा गरिएको बताए ।

सोही अवसरमा प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले हार्डजोर्नी तथा नशा रोग सम्बन्धि उपचारलाई जिल्लामै सुरू गरेपछि ग्रामिण क्षेत्रका बासिन्दाले समेत सहज रुपमा सेवा प्रवाह गरेको बताए । कार्यक्रममा अस्पतालको सेवालाई थप प्रभावकारी बनाउन आफ्नो क्षेत्रबाट सहयोग गर्ने डा. न्यौपानेले प्रतिबद्धता जनाएका थिए । ‘अस्पताललाई आवश्यक पर्ने सहयोगका लागी निरन्तर पहल गर्नेछु‘म्याग्दी जिल्लाबासीको सहकार्यले काम गर्न सहज भयो’ डा.न्यौपानेले भने । उनले ब्यक्तिगत तथा संस्थागत रुपमै उपचार तथा उपकरणमा सहयोग गर्ने म्याग्देलीलाई सधै सम्झने बताए ।

अस्पताल विकास समितिका पूर्व अध्यक्ष चन्द्र कुमार केसी र निर्वतमान अध्यक्ष माधवप्रसाद रेग्मीले आफ्नो ब्यक्तिगत कामलाई समेत छोडेर अस्पतालको सेवामा देखाएको सक्रियताले सेवा प्रवाहमा सहज भएको बताए । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहमा विषेश योगदान गरेवापत दुईबर्ष अगाडी उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कारबाट समेत सम्मानित भएका बरिष्ठ मेडिकल सुपरिटेन्डन न्यौपाने ५० शैयाको अस्पतालमा स्तरोन्नति संगै पुराना संरचना धमाधम भत्काउन थालेपछि अस्थायी संरचनाबाट सेवा उपलब्ध गराइरहेको अवस्थामा सेवा प्रवाहमा केही गुनासो आएको स्वीकार गरे ।

१५ हजार देखी १ लाखसम्म खर्च हुने अप्रेसन जिल्लामै सम्भव भएको बताए । निक साईमन्स इस्टिच्युटको अनुभव चिकित्सक, स्वास्थ्यकर्मी र उपकरणको सहयोगले समान्य बाहेक असामान्य अवस्थामा भर्ना भएका गर्भवती महिलाको पेटमा बच्चा ठूलो,उल्टो बसेको अवस्थामा योजनाबद्ध र प्रसव ब्यथा लागिसकेपछि बच्चामा गम्भीर समस्या देखिएमा गरिने आकस्मिक शल्यक्रियाबाट महिला र बच्चा दुवैको ज्यान सुरक्षित गर्न सफल भएको बताए । कार्यक्रममा विकास समितिका अध्यक्ष रेग्मीलाई समेत सम्मान सहित विदाई गरिएको थियो । विदाईको अवसरमा बोल्दै रेग्मीले डा. न्यौपानेको सम्बन्ध तथा सक्रियता कारण ठुला किसिमका उपकरण भित्रिएको बताए ।

उनले सिजरियन सेक्सन(सिएस) सेवाबाट आर्थिक अवस्था कमजोर भएकालाई जिल्ला बाहिर निजी अस्पतालमा लाग्ने शुल्क र समयको बचत भएको बताए । सोही अवसरमा डा. अमुदा रेग्मी, डा. विवेक पौडेल, कर्मचारी रघुनाथ शर्मालाई विदाई गरिएको थियो । सोही अवसरमा डा. अनामिका मिश्र, डा. रविकान्त शाह, डा.सुधासु दुबेदी, डा. सृष्टि नेपाललाई स्वागत गरिएको थियो । कार्यक्रमको सञ्चालन स्टोर प्रमुख लिलानाथ पौडेल र अध्यक्षता डा. नवराज बस्ताकोटीले गरेका थिए ।