पत्रकार गजेन्द्र बुढाथोकीले पूजालाई बार्षिक १० हजार रुपैयाँ सहयोग गर्ने  भएका छन् । केहिदिन अघि  बेनी नगरपालिका-६ फोओठे घर भएकी जमुनाखर्क माध्यमिक विद्यालयको कक्षा ६ मा पढ्ने  पूजा  खत्रीले आफ्ना समस्या देखाउँदै आफ्ना स्कुलका प्रधानाध्यापकलाई आफूलाई  विद्यालयमा भर्ना भएर पनि नियमित विद्यालय जान नपाएको, कापी कलम किन्ने पैसा नभएको र आफूलाई पढाइदिने कोही पनि नभएको उल्लेख गर्दै भावुक पत्र लेखेकी थिइन्।

१२ बर्षीया छात्रा पूजाको उक्त भावुक पत्र सामाजिक संजालमा भाईरल बनेको थियो  र विभिन्न अनलाइन पत्रिका लगायत अन्य समाचारमाध्यमले समेत समाचार बनेको थियो ।

आर्थिक अभावमा आफ्नो पढाई रोक्न लागेकी पूजालाई कारोबार दैनिकका समाचार सम्पादक तथा वरिष्ठ आर्थीक पत्रकार गजेन्द्र बुढाथोकीले पूजालाई १२ कक्षासम्म बार्षिक १० हजार रुपैयाँ दिने घोषणा गरेका छन्।पत्रकार बुढाथोकीले आफ्नो फेसबुकमा यसो भनेका छन्।