जोखिम मोलेर सुत्केरी र बच्चाको ज्यान जोगाएकी डा. छन्त्याल सम्मानित

0
608

गत साउन महिनामा सुत्केरी ब्यथाले च्यापेपछि तीन जिल्ला घुमाएर बेनी अस्पतालमा जोखिम मोलेर अप्रेशन गरेपछि चर्चामा आएकी डा. हेमा छन्त्याललाई माउण्ट एभरेष्ट आवासीय माविले सम्मान गरेको छ । जिल्लाको रघुगंगा गाउँपालिका–६ पाखापानीको विकट ठाडाखानीकी छन्त्याललाई एक भब्य समारोहमा विद्यालयका संचालक समितिका सञ्चालक समितिका अध्यक्ष चन्द्र कुमार केसी, सुरत केसी, राजु केसी, प्रमोद श्रेष्ठ, रमेश गिरी, लिला बहादुर बानियाँले कदरपत्र र दोसल्लाले सम्मान गरिएको हो ।

२०५८ सालमा विद्यालयबाट एसएलसी दिएकी छन्त्यालले पर्वत जिल्ला अस्पतालकी डा. छन्त्यालले अञ्चल अस्पताल बागलुङबाट रिफर गरिएकी बागलुङ–८ की सरस्वती जीसीलाई पर्वतमा अलपत्र अवस्थामा रहेकी छन्त्यालले बेनीसम्म ल्याएर सुत्केरी र बच्चाको ज्यान जोगाएपछि छन्त्यालको कुशलताको प्रशंसा चरमचुलीमा पुगेको थियो ।

सम्मान कार्यक्रममा बोल्दै डा. छन्त्यालले विद्यार्थी उमेरमा पहिलो प्राथमिकता शिक्षालाई दिनुपर्ने बताईन् । ‘शिक्षाले नै जीवनको बाटो देखाउँछ,‘चिकित्सा पेशामा लागेर मैले जिम्मेबारी पुरा गदैंछु’ छन्त्यालले भनिन् । उनले आफ्नो अभिभावकले शिक्षामा गरेको खर्चलाई सदुपयोग गरेको बताईन् । पढाईमा अब्बल छन्त्यालले चिनबाट एमबिबिएस र विर अस्पतालबाट डिप्लोमा गरेकी छन् ।

दर्जनौ जटिल शल्यक्रियाबाट सुत्केरी र बच्चाको ज्यान जोगाएकी छन्त्याललाई विद्यार्थीले समेत स्वागत तथा सम्मान गरेका थिए ।विद्यालयका प्रधानध्यापक डा. त्रिदिव उपाध्यायले‘क्लिन र ग्रिन म्याग्दी’ अभियान अन्र्तरगत रचनात्मक कार्यहरुलाई प्रोत्साहन गरेको बताए । पूर्व विद्यार्थीको क्षमतालाई उच्च मुल्याङ्कन गदैं विद्यार्थीलाई शैक्षिक तथा ब्यवहारिक ज्ञानलाई प्राथमिकतामा राखिएको बताए । सोही अवसरमा सफा र हराभरा म्याग्दी बनाउने अभियान अन्तरगत आयोजित चित्र प्रयोगितामा बालमन्दिर आधारभुत विद्यालय प्रथम, माउण्ट एभरेष्ट द्धितिय, न्यू वेष्ट पोइन्ट तृतिय र न्यू होराइजन आवासीय मावि सान्त्वना स्थान हात पारेको थियो ।