नाङ्गी बराहनी मन्दिरमा भक्तजनहरुको घुइँचो

0
345

अन्नपुर्ण गाउँपालिका–८ राम्चेको नागीस्थित रहेको प्रसिद्ध धार्मिक तीर्थस्थलनाङ्गी बराहनी मन्दिरमा आइतबार भक्तजनले पुजाआजा गरेका छन् । हरेक बर्ष जनैपूर्णिमाका दिन पुजा हुने मन्दिरमा म्याग्दीका साथै पर्वत, कास्की लगाएत देशका विभिन्न जिल्लाबाट आएका छन् ।आफ्नो मनको इच्छा पुरा हुने जनविश्वासले भक्तजनहरु आइतबार नै मन्दिर आसपासका क्षेत्रमा पुगेका थिए । समुन्द्री सतहबाट झण्डै २ हजार तीनसय मिटरको उचाइमा घना जङ्गलको बिचभागमा प्रसिद्ध नाङ्गी बराहनीमन्दिर रहेको छ ।

एकदुई पटक यहाँ आएर आफ्नो मनोकामना पुरा भएको बताउने भक्तजनहरु दोहो¥याएर पनि आउने गरेको पुजा ब्यवस्थापन समितिका सदस्य किसन पुनले बताए । ‘अघिल्लो दिन आएर पुजा गर्नेको संख्या धेरै हुन्छ,‘यूवायूवतीले पटकपटक दर्शन गर्ने गरेका छन’ पुनले भने । बराहनी माताको मन्दिर नजिकै रहेको तालमापुगेर त्यहाँ खटिएका पुजारेलाई आफुले माग्ने वर भनेपछि उनीहरुले चर्को स्वरमा बर मागिदिने प्रचलन रहेको छ।

पुजारेले चर्को स्वरमा‘फलानोलाई फलानो वर दऊ रे बराहनीमाता’भन्दै कराएपछि अर्का पुजारेले तालभित्रबाट ल्याएको वस्तु वर माग्ने दर्शनार्थीलाई दिन्छन् ।उक्त बर लिएपछि पछाडि समेत नफर्किकन तालदेखि तल ढोकाद्वारे देवताको थान सम्मझर्नुपर्ने परम्परा रहेको छ। आफ्ना मनकामना पुरा भएपछि पुनःवर्षदिनमा उक्त मन्दिरमा दर्शन गर्न जानेको संख्या पनि अत्यधिक बढेको छ ।

मन्दिरमा करिव १० हजारले दर्शन गरेका छन भने १ सय ७५ वटा बली चढाइएको छ ।म्याग्दी सदरमुकाम बेनीदेखि झण्डै १० कोष उत्तर÷पूर्वमा पर्ने नाङ्गीगाउँमाकरिब ४ घण्टाको कच्ची मोटर बाटोमा यातायातको साधनतथा एक दिनको पैदलयात्रा पछि पुगिन्छ । स्थानीय, तत्कालिन राम्चे गाविस तथा भक्तजनहरुको भेटीले मन्दिरको पूननिर्माण गरिएको छ ।

बराहनी मन्दिरलाई धार्मिक तथा पर्यटकीयस्थलको रुपमा समेत विकास गर्न स्थानीयले प्रचारप्रसार तथा पूर्वाधार विकास समेत गरेका छन् मन्दिरमादर्शन गर्न आउने अधिकांशभक्तजनहरुले बाख्राको पाठो र परेवाको बलीदिने चलन रहेको छ भने नरिबल, धुपधजा र अछेता चढाउने गरिएको चन्द्रबहादुर खोरजाले बताए । शिक्षा, राहुरे, बैवाहिक मनोकामना लिएर आउने भक्तजनहरु नांगीमा रहेको सामुदायिक लज तथा हेमस्टे, खुल्ला आकाशमा दिन विताउने गरेका छन् ।