जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ शिख पाउद्धारस्थित खयरबराह मन्दिरमा आइतबार पुजा गर्ने भक्तजनको भीड लागेको छ । हरेक बर्ष जनैपूर्णिमाको दिन पुजा हुने मन्दिरमा म्याग्दीका साथै विभिन्न जिल्लाबाट ठुलो संख्यामा दर्शन गर्न भक्तजनहरू पुग्ने थिए । समुन्द्री सतहबाट ४ हजार ८ सय मिटर उचाईमा निलगिरि हिमालको फेदमा अवस्थित मन्दिर नजिक निलो ताल रहेको छ ।

हिमालको नजिक रहेको मन्दिरमा भक्तजनहरूले चिच्चाएर आफ्नो इच्छा अनुसार माग्ने गरेका छन् । गतबर्षको तुलनामा भक्तजनको संख्या अत्याधिक रहेको मन्दिर ब्यवस्थापन समितिका भिमप्रसाद तिलिजाले बताए । ‘विगतको तुलनामा भक्तजनलाई सहज छ,‘भक्तजनको संख्या हरेक बर्ष बढ्दै गइरहेका छन’ तिलिजाले भने ।मन्दिरमा भाकल पुरा भएकाले पटकपटक पुजाआजा गर्ने गरेका छन भने मनोकामना पुरा हुने विश्वासका साथ अधिकांसले भेडाको साँडे बलिदिने गरेका मन्दिर ब्यवस्थापन समितिले जनाएको छ ।

‘धेरैले शिक्षा, ब्रिटिस आर्मी र बैदेशिक रोजगारमा सफलताको कामना गरेका छन् ।केहीले राम्रो श्रीमान–श्रीमतिचाहियो भन्दै बर माग्छन्’ यूवा अर्जुन पुनले भने।उनका अनुसार मन्दिर नजिक रहेको तालभित्र रहेका आफ्नो भाकल पुजारीलाई जानकारी गराएपछि पुजारीले चर्को स्वरमा भक्तजनको नाम र उसले मागेको बर माग्छन् । बर लिएपछि कसैसँग नबोलेर धोतीखोलासम्म मन्दिरतर्फ नहेरी जानुपर्ने परम्परा समेत रहेको छ ।

आफ्नो मनकामना पुरा भएपछि पुनःमन्दिरमा दर्शन गर्न जानेको संख्या समेत अत्याधिक रहेको छ । खरय भरानी मन्दिर तथा आसपासका रहेका ४ वटा मन्दिरमा पुजाआजा गर्न पुजारी परिचालन गरिएको छ । पटक–पटक मागे अनुसार पुरा भएको भन्दै बृद्धबृद्धाले समेत साँडे लिएर मन्दिरमा जाने गर्दछन् । बलीका लागि खयरक्षेत्रमा दुईहजार भन्दा धेरै साँडे पालिएको छ ।

एउटाका साँडेको ४ हजार देखी १८ हजार सम्म विक्री हुन्छ । लेक लागेर केहीबिच बाटोबाटै फर्कने गरेका छन् । जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तब्यका रुपमा समेत लिइने खोप्रामा धार्मिक पर्यटकलाई समेत लक्षित गरेर सामुदायिक लगानीमा होमस्टे सञ्चालन गरिएको छ। स्थानिय खयरभारनी युवाक्लव र खयरबराह क्षेत्र विकास समितिको सयुक्त आयोजना जनैंपुर्णिमा मेला गर्ने गरिएको छ ।

एकदशक अगाडी दलितलाई मन्दिर प्रवेश र पुजाआजामा रोक लगाएको गुनासो गर्ने गरिएको भएपनि पछिल्लो समय सहज पुजा गर्ने गरेका छन ।खोप्रा देखी माथिल्लो क्षेत्रमा खुल्ला आकाश र आफ्नै टेन्टको ब्यवस्था गर्नुपर्ने बाध्यता रहेकोमा पाउद्धार, शिख र आफ्नो मनोकामना पुरा भएका भक्तजनहरूले दुई करोडको लागतमा मन्दिर, पदमार्ग, खानेपानी, शौचालय, बासस्थान सहितको पूर्वाधार विस्तार गरेपछि सहज भएको मन्दिरमा पुगेका बेनीमा यूवा नन्द पाइजाले बताए ।

जिल्लाकै आर्कषक पर्यटकीय गन्तब्यका रुपमा समेत चिनिएको खोप्रामा स्वदेशी तथा विदेशी पर्यटकको समेत भीड लाग्ने गर्दछ। पारिवारिक सुख, सम्पत्ती, सन्तानलाभ, रोजगारी लगाएतका मनोकाङ्क्षा पूरा हुने जनविश्वासका साथ यूवायूवती देखी बृद्धबृद्धासम्म पुग्ने गरेका छन् । यसैबीच रघुगंगा गाउँपालिकाको कुईनेमंगलेमा अवस्थित रिखार मन्दिरमा समेत भक्तजनको भीड लागेको थियो ।