बेनी नगरपालिका–६ भरालेकी सिता बानियाँको परिवारलाई सदरमुकाम बेनीमा आर्थिक संकलन गरिएको छ । अत्यन्त आर्थिक अवस्था कमजोर भएकै कारण तीनबर्ष अगाडी श्रीमान तुलबहादुरले आत्महत्या गरेपछि विचल्लीमा परेकी बानियाँ र तीन छोराछोरीको शिक्षादिक्षा, घर मर्मत लगाएत विभिन्न कार्यमा आर्थिक सहयोग जुटाउने उदेश्यले भलिबल खेलाडी एवम् केवाईसीका संस्थापनक अध्यक्ष तेजेन्द्र बानियाँ, अर्थुङे यूवा क्लवका अध्यक्ष शिशिर शाही, कलाकार रवी कार्की सहितको टोलीले बेनीबजारका विभिन्न चोकमा ७५ हजार २६५ रुपैयाँ संकलन भएको थियो ।

गाउँकै विपन्न तथा जग्गाको अभावका कारण गाउँलेले सार्वजनिक स्थानमा बनाइदिएको टिनको छानोमा बस्ने गरेकी बानियाँको ८ बर्षीया इश्वरी, ६ बर्षीया सरस्वती र ४ बर्षीय गणेश बानियाँ रहेका छन् । आर्थिक अवस्था कमजोर भएपछि बालबालिकासंगै विहानबेलुकी हातमुख जोड्न समेत मुस्किल हुने गरेको बानियाँलाई बेनपा ६ ले ेसमेत विभिन्न संघसंस्था मार्फत सिफारिस सहित सहयोगको अपिल गरेको छ ।

पहिलोपटक सहयोग लगेर घरमै पुगेका यूवा तेजेन्द्र बानियाँले आर्थिक सहयोगले केही राहत मिलेको बताए। उनले गरिबीका कारण आर्थिक अभाव, घरमा पानी चुहिने समस्यालाई मध्यनजर गदैं आर्थिक सहयोग संकलन गरिएपनि दिर्घकालिन सहयोकाग आवश्यकता रहेको बताए । सुस्त मनस्थितिले बालबच्चाको पालनपोषण र पठनपाठनमा समस्यामा रहेका छन् । यसैबीच छिमेकीले समेत सिता सुबेदीको संयोजकत्वमा सहयोग संकलन गरिरहेका छन् ।