मालिका गाउँपालिका ५ देविस्थानमा बाबुले आफ्नै १२ बर्षकी छोरीलाई बलात्कार गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार पिडित बालिका र उनकी आमाले दिएको जाहेरीको आधारमा बलात्कारको अभियोगमा ५३ वर्षका व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको म्याग्दीका प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले बेनीअनलाइनलाई जानकारी दिए । ‘कपडा धुनका लागि खोलामा गएको बेलामा छोरीलााई बलात्कार गरे’ पीडित बालिकाको आमाको भनाई उद्धित गदैं प्रहरीले जनाएको छ ।

शनिबार भएको घटनाको विषयमा आईतबार ईलाका प्रहरी कार्यालय दरवाङबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेपनि पिडकको नाम सार्वजनिक हुदाँ पिडितलाई थप पिडा पुग्ने र अनुसन्धान प्रभावीत हुने भएकाले पिडिक र पिडित दुवैको नाम गोप्य राखिएको छ । बिक थरका ब्यक्तिलाई पक्राउ गरि बेनी ल्याएपछि सोमबार अदालतबाट म्याद थप गरिएको छ ।

स्थानीयले समेत विगतमा विक थर गरेका आरोपीले लगत कार्य गर्ने गरेको स्थानीयको भनाई छ । प्रनाउ बुढाका अनुसार पिडित नावालिकाको पहिचान खुल्ने, बालीका र उनकी आमाले निजले यस अघि पनि दुई पटक सम्म यस्तो ब्यवहार गरेको गुनासो गरेका वडा अध्यक्ष पिपला बुढाथोकीले बताएईन । अहिले पिडित बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको बुढाले जानकारी दिईन । स्वास्थ्य परिक्षण प्रतिवेदन र थप प्रमाण जुटाएर नावालीकालाई हाडनाता करणी गरेको अभियोगमा मुद्दा चलाउने प्रहरीले जनाएको छ । य