बेनी नगरपालिका–६ भरालेकी सिता बानियाँको परिवारलाई बेनी सामुदायिक माविका शिक्षकले खाजा खर्च कटाएर आर्थिक सहयोग गरेका छन् । अत्यन्त आर्थिक अवस्था कमजोर भएकै कारण तीनबर्ष अगाडी श्रीमान तुलबहादुरले आत्महत्या गरेपछि विचल्लीमा परेकी बानियाँ र तीन छोराछोरीको अवस्थाका बारेमासमाचार प्रकाशित भएसंगै आर्थिक संकलन अभियानले तिब्रता पाएको छ । विद्यालयका प्रधानध्यापक दिपक श्रेष्ठका अनुसार आर्थिक अभावकै कारण देखिएको समस्यालाई समाधान गर्न ११ हजार ६०५ संकलन गरिएको बताए । संकलिन रकम सोही वडाका शिक्षक सुनिल बानियाँलाई हस्तान्तरण गरिएको छ ।

गाउँलेले सार्वजनिक स्थानमा बनाइदिएको टिनको छानोमा बस्ने गरेकी बानियाँको ८ बर्षीया इश्वरी, ६ बर्षीया सरस्वती र ४ बर्षीय गणेश बानियाँ रहेका छन् । आर्थिक अवस्था कमजोर भएपछि बालबालिकासंगै विहानबेलुकी हातमुख जोड्न समेत मुस्किल हुने गरेको बानियाँलाई सहयोग संकलन भइरहेको छ । पहिलोपटक सहयोग लगेर घरमै पुगेका यूवा तेजेन्द्र बानियाँले आर्थिक सहयोगले केही राहत मिलेको बताए। उनले गरिबीका कारण आर्थिक अभाव, घरमा पानी चुहिने समस्यालाई मध्यनजर गदैं आर्थिक सहयोग संकलन गरिएपनि दिर्घकालिन सहयोकाग आवश्यकता रहेको बताए ।

सुस्त मनस्थितिले बालबच्चाको पालनपोषण र पठनपाठनमा समस्यामा रहेका छन् । यसैबीच आर्थिक संकलनका लागि सुन्दर बानियाँ, तेजेन्द्र बानियाँको संयोकत्व र स्थानीय सिता सुबेदी, यादव सुबेदी उपसंयोजक रहेको २१ सदस्यीय एक समिति बनाइएको छ । समितिमा स्थानीय यूवाहरुको समेत सहभागिता रहेको छ । गाउँघरमा आर्थिक संकलनका साथै शिक्षादिक्षाका लागी पहल गर्ने समितिले जनाएको छ ।