उत्तरी म्याग्दीको दानामा विद्युत सर्ट हुदाँ एक घर जलेर नष्ट भएको छ । अन्नपूर्ण गाउँपालिका–४ दानाको काभ्रेमा रातको समयमा एक्कासी विद्युत सर्ट हुदाँ डम्बर बहादुर बुढाथोकीकोे घर जलेर नष्ट भएको हो । आगलागीबाट घर पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयबासीले बताएका छन् । आगलागी भए लगत्तै बुढाथोकी दम्पत्तीले ज्यान जोगाएका थिए । आर्थिक अवस्था कमजोर भएका बुढाथोकीका छोराबुहारी तराईमा बस्छन् ।

आगलागीबाट घरभित्र रहेका नगद सहित सम्पूर्ण जलेर नष्ट भएको छ । करिव १० देखी १२ लाख मुल्य बढीको क्षती भएको छ । छोराबुहारी समेत सम्पर्कमा नभएकाले छिमेकीको शरणमा बसेको स्थानीयलाई उद्धित गदैं सुनबहादुर विश्वर्काले बताए ।यसैबीच पीडितलाई गाउँपालिका अध्यक्ष डम बहादुर पुनले आपतकालिन राहत वितरण गरेका छन् । घटना लगत्तै गाउँमै पुगेका अध्यक्ष पुनले थप सहयोग तथा पुर्ननिर्माणमा समेत सहयोगको प्रतिबद्धता जनाएका थिए । विद्युत सर्टको कारण खुलेको छैन् । तस्वीर सौजन्य सुरेन पुन