सदरमुकाम बेनीमा अवस्थित वेष्ट पोईन्ट कलेजमा अध्ययरत विद्यार्थीले उद्यम र उद्यमशीलका बारेमा चासो देखाएका छन् । वेष्ट पोइन्ट कलेज बिबिएस चौथो बर्षमा अध्ययन गर्ने बिद्यार्थीहरुले जिल्लामा उद्यम र उद्यमसिलताको सम्भावना, महिलाको सहभागिताका विषयमा सामुहिक छलफल, प्यानल डिस्कसन कार्यक्रमको आयोजना गरेका हुन् ।

विद्यार्थी जीवनमै उद्यमशीलताका बारेमा जानकारी भएरमा भविस्यमा सहज रुपमा ब्यवसायमा प्रवेश गर्न सकिने भएकाले पनि सीपमुलक कार्यमा चासो देखाएका थिए । विद्यालयमा आयोजित कार्यक्रममा अल्लो कपडा, मसला, ब्यूटी पार्लर, होटल ब्यवसायी लगाएत विभिन्न क्षेत्रमा दक्ष र अनुभवी महिला ब्यवसायीको उपस्थितीमा छलफल कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा म्याग्दी उद्योग बाणिज्य संघ अन्तर्गत महिला उद्यम विकास समितिका सभापति सुनिता केसी,अल्लो कपडा उद्योगकी बिष्णु गुरुङ, मसला उद्योगी गङ्गा खत्री, ब्यूटिपालर ब्यवसायी संगीता श्रेष्ठ, महिला उद्यमिको रुपमा राष्ट्रिय पुरस्कारबाट सम्मानित नानु श्रेष्ठ, श्रेष्ठ र साधना श्रेष्ठ म्याग्दी ढाका उद्योगकी राष्ट्रिय लघुउद्यम विकास महासंघको उपाध्यक्ष दिलु घताने र सुनचाँदी ब्यवसायी जानकी बिश्वकर्माको उपस्थिती रहेको थियो ।

कार्यक्रममा विद्यार्थी सुस्मिता बरुवालल नेपालमा ६५ प्रतिशत मानिसहरु कृषिमा निर्भर रहेको अवस्थामा कृषि प्रणाली निर्वाहमुखी र टाइम पास हुने खालको मात्रै भएकोले निर्भरता कम गर्न नसकेमा अर्थतन्त्रमा अपेक्षित सुधार नहुने बताए । उनले उद्यमीको अनभवलाई सीपमा रुपान्तरण गर्ने प्रयास स्वरुप कार्यक्रम गरिएको बताईन् । महिला उद्यमीले उत्कृष्ट कार्यक्रम गरी उद्यमशीलताको बारेमा जानाकारी गराउने अवसर प्रदान गरेकोमा खुसी ब्यक्त गरेका थिए ।

कलेजका प्रिन्सिपल वीणा झाले ब्यवस्थापन कलेजमा सैद्धान्तिक ज्ञान संगै यसको ब्यवहारिक पक्षलाई अभ्यास गर्न कार्यक्रमको आयोजनना गरिएको बताईन् । त्यसैगरि वेष्ट पोईन्ट एजुकेसन फाउण्डेसनका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठले उद्यम र उद्यमशीलताका बारेमा जानाकारी गराउनु भयो । टिपोटकर्ता शिक्षक कृष्ण गिरीले प्रश्नकर्ता र प्रबक्ताको बिचारलाई बिश्लेषण गर्नु भएको थियो । कार्यक्रममा उपस्थित महिला उद्यमी तथा प्रबक्ताहरुलाई मायाँको चिनो प्रदान गरिएको वेष्ट पोईन्ट मिडिया हवले जनाएको छ ।