विद्यालयबाट घर फर्किएका एक बालक सम्पर्कविहिन भएका छन् । धवलागिरी गाउँपालिका–७ ताकम काफलडाँडा घर भई हाल बेनपा–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीमा कक्षा ४ मा अध्ययरत सनोज मगर गत शुक्रबार विद्यालयबाट फर्किएपछि कोठामा पुगेर सम्पर्कविहिन भएका हुन् । विद्यालयबाट कोठामा फर्किएपछि दाईसंग सामान्य झगडा भएलगत्तै मोवाइल लिएर बाहिरिएको पुनका बुबा मनप्रसाद मगरले बताए ।

छोराहरुलाई कोठा खोजेर राखेको बताउँदै एक्कासी बेपत्ता भएको खवर पाएलगत्तै घरबाट खोजीकार्यका लागि आएको बताए । उनका अनुसार ६ दिनसम्म पनि घर नफर्केपछि खोजी गरेको बताए ।उनका अनुसार छोरासंग रहेको मोबाइलमा अकै मान्छे बोल्ने गरेको बताउँदै कसैसंग बसेको वा राखिएको हुनसक्ने बताए । खोजीकार्यका लागि विद्यालउमा बुझ्दा शुक्रबारसम्म विद्यालयमा आएको बताए ।

पटकपटक फोनमा फरक मान्छे बोल्ने भएकाले पनि साथीसंगै बसेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । यता प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढाले सम्पर्कविहिन भएको ६ दिनपछि प्रहरीलाई जानकारी गराइएको बताए । घरबाट कोठा खोजेर निजी विद्यालयमा भर्ना गरेपनि नियमित निगरानीको समस्याले छोरा सम्पर्कविहिन भएको समेत करिव एकसाता वितिसक्दा पनि जानकारी नभएको बताए । प्रहरीलाई जानकारी गराएलगत्तै मोवाइलको लोकेसन सहित खोजीकार्यलाई तिब्रता दिइएको छ ।