चरम गरिबीको कारण नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी पुजा खत्रीको परिवारलाई दक्षिण कोरियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् ।

बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया खत्रीले आर्थिक अभावकै कारण घरायसी काम, भाईबहिनीको रेखदेख, विहानबेलुकी हातमुख जोड्न गाउँघरमा खाद्यान्न साम्रागी जुटाउनु पर्ने भएकाले रहर भएपनि बाध्यताले पढाई छोड्नुपर्ने भन्दै विद्यालयबाटै निष्काशन गर्ने मार्मिक पत्र लेखेकी खत्रीलाई मालिका गाउँपालिका–१ निस्कोटका चन्द्र कँडेलको संयोजकत्वमा ५० हजार १ सय ५० रुपैयाँ संकलन गरिएको थियो ।

आर्थिक अभावका कारण नियमित विद्यालय जानबाट बन्चित भएकी खत्री र उनका तीन भाईबहिनीको शिक्षादिक्षा, लत्ताकपडा,खाद्यान्न साम्रागी खरिदमा सहयोग जुटाइएको कँडेलले बताए ।

‘पत्र र उनको दैनिकले धेरैलाई रुवाएको छ,‘आर्थिक अभावकै कारण अव समस्या पर्न नदिन हामीले सहयोग जुटाएका हौ’कँडेलले भने । उनले कोरियामा रहेका नेपालीमा संकलन भएको सहयोग खत्रीको नाममा रहेको गरिमा विकास बैंकको खातामा जम्मा गरिएको छ ।निकै कष्टपूर्ण तरिकाले दिनरात गुजादैं आएका खत्री परिवारमा खुसी छाएको हेर्न चाहेको सहयोगी दाताले बताएका छन् । खत्रीलाई स्वदेश तथा विदेशमा सहयोग संकलन भइरहेको छ।
सहयोगदाताको विवरण

१. चन्द्र कँडेल, निस्कोट म्याग्दी – ५१००० कोरियन वन

२. अमृत क्षेत्री, पोखरा – ३१००० ”

३. सोमनाथ कँडेल, निस्कोट, म्याग्दी – ३०००० ”

४. हिराबहादुर बिक, निस्कोट, म्याग्दी – ३०००० ”

५. हरेश बिक, निस्कोट, म्याग्दी – ३०००० ”

६. ईश्वर पौडेल, सिङ्गा, म्याग्दी – ३०००० ”

७. दिलमाया गुरुङ, दरबाङ, म्याग्दी – ३०००० ”

८. धन दङ्गाल, पाँचथर, – २१००० ”

९. रविन मल्ल, दोलखा – २१००० ”

१०. दिनेश गर्तौला, इलाम – २१००० ”

११. नवराज सापकोटा, निस्कोट, म्याग्दी – २०००० ”

१२. रोमनाथ कँडेल, निस्कोट, म्याग्दी – २०००० ”

१३. दलप्रसाद पुन, निस्कोट, म्याग्दी – २०००० ”

१४. मनिल प्रधान, दोलखा – २०००० ”

१५. दिनेश घिमिरे, इलाम – २०००० ”

१६. कर्ण श्रेष्ठ, काठमाडौ – २०००० ”

१७. लिल गुरुङ, स्याङ्जा – २०००० ”

१८. उदय मगर, रुम, म्याग्दी – २०००० ”

१९. बोमलाल सुवेदी, अर्घाखाँची – २०००० ”

२०. गणेश पण्डित, नुवाकोट, १६००० ”

२१. सूर्य कुँवर, गोरखा, १५००० ”

जम्मा ५०६००० वन । नेपाली रु ५०१५०