तीन बालबालिकालाई शिखर अर्गनाइजेशनको पूर्ण छात्रबृत्ति

0
352

बेनी नगरपालिका–६ भरालेका तीन बालबालिकालाई बहुराष्ट्रिय शिखर अर्गनाइजेशनले निजी विद्यालयमा आवासीय सुविधा सहित पूर्ण छात्रबृत्ति उपलब्ध गराएको छ । तीनबर्ष अगाडी घरभित्रै भान्छा कोठाको छेउमा डोरीले पासो लगाएर आत्महत्या गरेका तुल बहादुर बानियाँकी श्रीमतिले छिमेकीलाई मागेर तथा छिमेकीको सक्रियतामा गुजारा चलाइरहेको तीन छोराछोरीका बारेमा बेनीअनलाइन सहित राष्ट्रिय सञ्चारमाध्यममा समेत समाचार प्रकाशित भएपछि लिमिटेडले कक्षा १२ सम्म सदरमुकाम बेनीमा रहेको माउण्ट एभरेष्ट आवासायी माविमा पूर्ण छात्रबृत्ति सुविधा उपलब्ध गराएको हो ।

बिहिबार विद्यालयमा आयोजित एक कार्यक्रममा तर्फबाट लिमिटेडका गण्डक–धवलागिरी प्रमुख शुसिल बानियाँ र विद्यालयका प्रधानध्यापक डा. त्रिदिव उपाध्याय बीच कक्षा १२ सम्मको शिक्षादिक्षाको सम्झौता भएको थियो । ८ बर्षिया इश्वरी,६ बर्षिया सरस्वती र ४ बर्षका गणेश बानियाँलाई ‘गरिब, निमुखा बालबालिका छात्राबृत्ति अभियान’ अन्तरगत पूर्ण छात्राबृद्धि उपलब्ध गराएको घोषणा गरेका गण्डक–धवलागिरी प्रमुख बानियाँले बताए ।

‘हामीले धेरै सामाजिक कार्यमा पनि सक्रियता देखाएका छौ,ब्यापारसंगै मानवीय सेवालाई पनि निरन्तरता दिइरहेका छौ’ बानियाँले भने ।उनले विगत १२ बर्ष देखी म्याग्दी जिल्लामा आफ्नो कम्पनीको उत्पादनहरु विक्री भइरहेको बताउँदै सेवासंगै जिल्लाभित्रका समस्यामा समेत साथ दिने बताए ।

नेपालका साथै भारत, सिंगापुर, यूएई र म्यानमारमा मानवीय दैनिक उपभोग्य बस्तुको उत्पादान गदैं आइरहेको कम्पनीले सामाजिक उत्तरदाहित्व अन्तरगत भविस्यमा पनि विभिन्न सामाजिक कार्यमा सक्रियता देखाउने जनाएको छ । सोही अवसरमा विद्यालयले एक जना विद्यार्थीलाई होस्टल शुल्कमा २५ प्रतिशत र दुईजनालाई मासिक शुल्कमा छुट गरेको घोषणा समेत गरेको थियो । भर्ना तथा स्वागत कार्यक्रमका प्रमुख अतिथि श्रीबक्स गुल्मका गुल्मपती सेनानी राजन दाहाल,बेनी नगरपालिका–६ का वडा अध्यक्ष कृष्णबहादुर बानियाँले मन्तब्य राखेका थिए ।

कार्यक्रममा प्रहरी नायब उपरिक्षक बीर बहादुर बुढा, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि रुद्धप्रसाद श्रेष्ठ, महिला तथा बालबालिका कार्यालयकी निमित्त प्रमुख रेणुका प्रधान, वद्यालयका सञ्चालक समितिका अध्यक्ष चन्द्र कुमार केसी, प्रमोद श्रेष्ठ, रमेश गिरी, लिला बहादुर बानियाँ, राजेश शाक्य, राजन श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

सञ्चारमाध्यममा समाचार आएपछि बेनपा–६ अर्थुङे स्थायी घरभई हाल पोखरामा ब्यवसाय गदैं आएका किरण बानियाँले पीडित  बालबालिकालाई सहयोगका लागि पहल तथा सक्रियता देखाएका थिए । अर्गनाइजेशनलाई बेनीसम्म आएर सहयोगको वातावरण बनाएका किरण बानियाँले थप सहयोगका लागि समेत सहयोग जुटाउने बताए । सोही अवसरमा विद्यालयमा अध्ययरत विद्यार्थीले समेत भब्य स्वागत गरेका थिए ।

गाउँमा सार्वजनिक जग्गामा स्थानीयले बनाइदिएको छाप्रोमा बस्दै आएकी बानियाँले समेत आफ्नो छोराछोरीको भविस्य बन्ने भन्दै खुसी प्रकट गरिन् । उनले आर्थिक अभावले दैनिक हातमुख जोड्न समेत मुस्किल भइरहेको अवस्थामा छोराछोरीको आँखामा देखेको सपना पुरा हुने बताईन् । कार्यक्रमको अध्यक्षता अध्यक्ष चन्द्र कुमार केसी, स्वागत प्रधानध्यापक डा. उपाध्यय र सञ्चालन सहायक प्रअ अमृतप्रसाद सापकोटाले गरेका थिए ।

आर्थिक सहयोग जुटाउन सुन्दर बानियाँ र तेजेन्द्र बानियाँको संयोजकत्वमा समिति समेत बनाइएको छ । सहयोग संकलन समितिले ७५ हजार २६५ रुपैयाँ बेनी सामुदायिक माविका शिक्षकले समेत खाजा खर्च कटाएर ११ हजार र बागलुङ नगरपालिका ९ भिर्लाखुरी घर भई हाल बहराइनमा रहेकी सावित्री नेपालीले ५ हजार नगद सहयोग गरेकी छन् । गाउँकै विपन्न परिवारका छोराछोरीको शिक्षादिक्षाको जिम्मा लिएकोमा अर्गनाइजेशनका गण्डक–धवलागिरी प्रमुख बानियाँ र बजार ब्यवस्थापक दिनेश क्षेत्रीलाई सम्मान तथा स्वागत समेत गरिएको थियो ।