सम्पर्कविहिन भएका बालक ताकममा भेटिए

0
477

विद्यालयबाट घर फर्किएपछि गत शक्रुबार बेलुकी देखी सम्पर्कविहिन भएका एक बालकलाई प्रहरीले ताकममा फेला पारेको छ । धवलागिरी गाउँपालिका–७ ताकम काफलडाँडा घर भई हाल बेनपा–२ बगरफाँटमा अवस्थित बुद्ध एकेडेमीमा कक्षा ४ मा अध्ययरत सनोज मगर दाईसंग झगडा गरेर घर जान्छु भन्दै सम्पर्कविहिन भएका मगर छापामा एक यूवासंगै बसेको जानकारी पाएलगत्तै प्रहरीले खोजीकार्य गर्ने क्रममा भागेर ताकम पुगेका थिए ।

विद्यालयमा लगातार अनुपस्थित र कोठा र घरमा समेत नफर्किएपछि खोजीकार्यको क्रममा एक यूवासंगै बसेको जानकारीको आधारमा प्रहरीले खोजीकार्य गरेको जानकारी पाएपछि भागेर ताकम पुगेको अवस्थामा त्यहाँ फेला पारिएको प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढाले बताए ।‘उ संग भएको मोवाईल लोकेसन कोठा आसपासमै थियो,‘उसको दाजुको गैरजिम्मेबारीले खोजीकार्यमा सास्ती भयो’ प्रनाउ बुढाले भने ।

उनका परिवारबाटै सम्र्पकबिहिन भएपनि लुकिछिपी मंगलाघाट आसपासकै क्षेत्रमा बस्ने गरेको देखिएको बताए । कक्षा ४ मा अध्ययरत विद्यार्थीको गतिविधिबाट प्रहरीलाई समेत दुई दिन आजित बनाएका थिए । खोजीकार्यको क्रममा भागेर एक ठाउँबाट अर्को ठाउँमा जाने गरेका बालकलाई ताकममा फेला पारेपछि प्रहरी चौकीले इलाका प्रहरी कार्यालय दरवाङ हु्दै बेनी पठाएको छ ।

विद्यालयबाट कोठामा फर्किएपछि दाईसंग सामान्य झगडा भएलगत्तै मोवाइल लिएर बाहिरिएको चारदिनपछि मात्रै घरमा जानकारी भएका बुबा मनप्रसाद मगरले बताए । उनले छोराकै गल्तीका कारण प्रहरी र आफुँले अनावश्यक तनाव खोप्नुपरेको बताए । ६ दिनसम्म पनि घर नफर्केपछि खोजी गरेका थिए । बालक सम्पर्कविहिन भएको जानकारी पाएलगत्तै प्रहरीले मंगलाघाट देखी छापासम्म दुईदिनसम्म मोवाइलको लोकेसनको आधारमा खोजीकार्य गरेको थियो ।