खत्रीलाई रमाइलो धौलागिरी अनलाइन रोधीघरले सहयोग

0

नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी पुजा खत्रीको परिवारलाई रमाइलो धौलागिरी अनलाइन रोधीघरले आर्थिक सहयोग गरेका छन्।

बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया खत्रीले आर्थिक अभावकै कारण घरायसी काम, भाईबहिनीको रेखदेख, विहानबेलुकी हातमुख जोड्न गाउँघरमा खाद्यान्न साम्रागी जुटाउनु पर्ने भएकाले रहर भएपनि बाध्यताले पढाई छोड्नुपर्ने भन्दै विद्यालयबाटै निष्काशन गर्ने मार्मिक पत्र लेखेकी खत्रीलाई १४ हजार १६ सय रुपैयाँ आर्थिक सहयोग गरेको ब्यवस्थापक हिरा बुढाथोकीले बेनीअनलाइनलाई जानकारी दिए ।

‘हामीले उनको पत्रमा पोखिएको गरिवीको समस्यालाई सुन्यौ,‘सहयोगले केही राहत मिल्ने अपेक्षा गरेका छौ’ उनले भने । गरिबी भित्रको पीडा लुकेको भन्दै रोधीघरले सहयोग संकलन गरेको उनले बताए । रोधीघरका संरक्षक पूर्निमा पाईजा, संयोजक प्रविण छन्त्याल, सचिव विपिन्न पौडेल लगाएतले सहयोग जुटाएका थिए । खत्रीलाई सहयोग आउने क्रम जारी छ ।