म्याग्दीमा ११ औ राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । पुस्तकालय दिवस मुल समारोह समितिको आयोजनामा सदरमुकम बेनीमा रहेको म्याग्दी सामुदायिक पुस्तकालयमा ‘एक घण्टाको समय पुस्तकालयलाई’ नामको कार्यक्रम गरिएको छ। सामुदायिक तथा विद्यालयस्तरमा पुस्तकालय भएपनि अध्ययन गर्ने बानीको विकास हुन नसकेको अवस्थामा जिल्लाका सरकारी कार्यालयका प्रमुख, जनप्रतिनिधि तथा पत्रकारहरुले एकघण्टा पुस्तकालयमा विताएका थिए। ज्ञान आर्जनका लागि सबैभन्दा उपयुक्त स्थान पुस्तकालय भएको बताउँदै प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए ।

‘पढ्ने बानीको विकास गर्नुपर्ने देखिन्छ,‘सहर देखी विद्यालयसम्म भएका पुस्तकालयको दैनिक प्रयोग गर्नुपर्छ’ उनले भने ।दिवसको अवसरमा आयोजित कार्यक्रममा मुल समारोह समितिका संयोजक एवम् जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र बहादुर कटुवालले पुस्तकालय दिवसलाई सन्देशको रुपका मात्रै प्रयोग गर्नुपर्ने बताउँदै पुस्तकालयको नियमित प्रयोग, पाठकलाई आर्कषित गरिएपनि आफ्नो पठनसीपमा रुपान्तरण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयमा प्रमुखहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमको सञ्चालन सामुदायिक पुस्तकालयका अध्यक्ष सन्तोष रावललले गरेका थिए । यसैबीच जिल्लाका विभिन्न सामुदायिक विद्यालयमा।रुम टु रिड नेपालको आर्थिक तथा नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसन बागलुङको ब्यवस्थापनमा स्थापना भएका पुस्तकालयमा समेत दिवस मनाइएको छ । विद्यालय स्थापना गरिएको पुस्तकालयमा ‘सबै कुरा छोडौं र पढौं’ भन्ने अभियान अन्र्तरगत बिहिबार प्राथमिक तहका विद्यार्थीले आफुँलाई मनपर्ने पुस्तक अध्ययन गरेर दिवस मनाएका थिए ।

म्याग्दी पुस्तकालयमा आयोजित कार्यक्रममा पुस्तक पढ्दै जिल्लाका सरकारी कार्यालयका प्रमुखहरु