खोलाले बगाउँदा युवक बेपत्ता

0
389

पश्चिम म्याग्दीको दरवाङमा म्याग्दी खोलामा एक यूवा बेपत्ता भएका छन् । शुक्रबार खोलाले बगाएर ल्याएका काठ, दाउरा संकलन गर्ने क्रममा मालिका गाउँपालिका–६ दरबाङको छारछारेमा खोलाबाट दाउरा संकलन गरिरहेको अवस्थामा दुखु घरभई हाल दरबाङमा बस्ने २३ बर्षिय खिम बहादुर पुन बेपत्ता भएको आफन्तलाई उद्धित गर्दै वडा अध्यक्ष सन्तनाथ जैशीले बताए । ‘दाउरा बाहिर निकाल्ने क्रममा चिप्लिएर खोलामा खसेका थिए,‘ आफन्तले जानकारी गराएलगत्तै खोजीकार्य भइरहेको छ’ सुबेदीले बेनीअनलाइनलाई भने ।

उनका अनुसार खोला आसपासमा इलाका प्रहरी कार्यालय दरवाङबाट समेत खटिएको टोलीले समेत खोजी गरिरहेको छ । प्रहरी नायव उपरिक्षक बीर बहादुर बुढाका अनुसार बर्खाको बेलामा जोखिम मोलेर खोलामा प्रवेश गर्दा बेपत्ता भएको बताए । खोलाको बाहव बढेका कारण साँझ खोजीकार्य स्थगित गरिएको छ । बेपत्ता भएका थापा दिदीभिनाजुकोमा बंगुरपालन गर्ने गरेका थिए ।