सन्तोष गौतम

विदेशी भुमिमा १८ घण्टा पसिना बगाउँदा भएको आम्दानी भन्दा म्याग्दीका युवाहरु गाउँमै कुखुराको सुलि सोरेर गरेको आम्दानीमा सन्तुष्ट बन्न थालेका छन् ।

१८ महिना सम्म मलेसियामा ज्यामी काम गरेर फर्केका अर्थुङे ८ चुत्रेनीका २३ बर्षिय ईश्वर पौडेलले कुखुरापालन गर्न थालेको एक बर्षमै बिदेशको भन्दा बढी कमाई गर्न सफल भएको बताउनुहुन्छ ।  १८ महिना दैनिक १८ घण्टा असिना पसिना हुदै काम गरेपनि घर फर्कर्दा रित्तै आएको थिए ।  मलेशियाबाट फर्केपछि कुखुरापालन गर्न सुरु गर्नुभएका पौडेल अनुभव सुनाउनुहुन्छ कुखुराको सुलि सोरेर मासिक रु।१५ हजार सम्म बचत हुने गरेको छ । विदेशमा अर्काको दासी बन्नुभन्दा आफ्नै गाउँमा दश नग्रा खियाएर भएको आम्दानीमा बढी सन्तुष्ट भएको युवा व्यावसायीहरुको भनाई छ ।

पौडेल मात्र नभएर वितग २ बर्षयता मासिक २ हजार भन्दा बढी कुखुरा बजारमा निर्यात गर्दै आउनुभएका सोही ठाउँका सुर्य बरुवाल अहिले मोटरसाईकल चढ्न थाल्नुभएको छ । पहिले साईकल सम्म चढ्न सक्ने आर्थिक अवस्था नभएका बरुवालले कुखुरापालनबाट भएको आम्दानीबाट गत बर्ष हिरो होण्डा मोटरसाईकल किनेको जानकारी दिनुहुन्छ ।

सदरमुकाम बेनीबजार आसपासका आधा दर्जन गाविसका २० जना भन्दा बढी युवाहरुले व्यावसायीक कुखुरापालन गरेका छन् । उनिहरुले चितवनबाट लेयस्र जातको कुखुराको चल्ला ल्याई पाल्ने गरेका हुन् । स्थानिय युवाहरुले व्यावसायीक कुखुरापालन गर्न थालेपछि १ बर्षयता म्याग्दीमा अन्य जिल्लाबाट कुखुरा आयात गर्नुनपरेको कुखुरा व्यावसायी संघका जिल्ला अध्यक्ष दिनेशान्त बरुवालले बताउनुभयो । १ बर्षअघि सम्म म्याग्दीमा अन्य जिल्लाबाट मासुका लागि कुखुरा आयात गर्नुपर्ने अवस्था भएको बरुवालको अनुभव छ ।

बजारको समस्या छैन् पाल्न मात्र सक्न पर् यो । रोजगारको क्रममा ३ बर्ष कतारमा विताउनुभएका पुलाचौरका खिमबहादुर केसी भन्नुहुन्छ  मेहनत र परिश्रम गर्ने हो भने हाम्रै देशमा आम्दानी गर्ने धेरै स्रोत छन विदेशनै जानुपर्छ