बेनीमा स्मल हेभन मन्टेश्वरीको उद्घाटन

0

सदरमुकाम बेनीमा स्मल हेभन मन्टेश्वरीको उद्घाटन गरिएको छ । माउन्ट एभरेष्ट आवासीय माध्यमिक विद्यालयद्धारा सञ्चालित मन्टेश्वरीको आइतवार जेष्ठ नागरिक द्धाय भद्रकुमारी श्रेष्ठ र नरसिंह राज राजभण्डारीले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । बेनीका प्रतिस्ठीत समाजसेवी र उद्योगी सम्मलित माउन्ट एभरेष्ट विद्यालयद्धारा हुलाकचोक स्थित रेडक्रसको भवनमा करिव नयाँ व्यवस्थापनका साथ करिव पचास लाखको लगानीमा मन्टेश्वरी स्थापना गरिएको हो ।

साथै आइतवारै विद्यालयको वेवसाइटको पनि विमोचन गरिएको छ । नेपाल पत्रकार महासंघका उपाध्यक्ष ठाकुरप्रसाद आचार्यले वेवसाइटको विमोचन गर्नुभएको हो । कार्यक्रममा कृष्ण जन्माष्टमीको विशेष पुजाआज पनि गरिएको थियो । एकसय पचास जना विद्यार्थी राख्न सकिने मन्टेश्वरीमा अहिले ७१ जनाले रहेका छन् ।

विद्यालय सञ्चालक समितिका अध्यक्ष चन्द्रकुमार केसीको अध्यक्षता माउण्टका भाईस प्रिन्सिपल अमृत सापकोटाको सञ्चालनमा भएको कार्यक्रममा मन्टेश्वरीकी इन्चार्ज सुनिता केसीले स्वागत गर्नुभएको थियो । कार्यक्रमा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ,नेपाल रेडक्रसका पूर्व सभापति हरिकृष्ण श्रेष्ठ, धौलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल,वेनपाका ६ र ७ का वडा अध्यक्ष द्धय कृष्ण वहादुर बानियाँ,राजेन्द्रकुमार श्रेष्ठ, विद्यालय सञ्चालक समितिका पदाधिकारीहरु प्रमोद श्रेष्ठ,लिला बानियाँ,राजेश शाक्य,किरण सापकोटा,रमेश गिरी, सुविन श्रेष्ठ,सुरत केसी,प्रिन्सिपल त्रिदेव उपाध्याय लगायत अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।