एक महिला छोरीसहित बेपत्ता

0

म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकम माइत भएकी एक महिला छोरीसहित बेपत्ता भएकी छन् । भरतपुर महानगरपालिका १० हाकिमचोकबाट ५ वर्षकी धादिङको ज्वालामुखी गाउँपालिका ६ कि २५ बर्षकी ज्योति सुवेदी तिमिल्सिना ५ बर्षकी छोरी आर्जना तिमिल्सिनासहित हराएकी हुन् । हाकिमचोकमा डेरा गरेर बस्ने उनीहरु भदौ १२ गते ३ बजे कोठाबाट निस्केको आफन्तले बताएका छन् ।

उनले अन्तिम पटक बहिनीलाई फोन गरेको र त्यसपछि सम्पर्कविहीन भएको दाइ नगेन्द्र सुवेदीले बताए । सुबेदीले आफन्त भएका सबै ठाउँमा खोजीकार्य गरेपनि पत्ता नलागेपछि प्रहरीलाई जानकारी गराइएको बताए । खोजीकार्यलाई ब्यापक बनाइएको छ । २०७० सालमा धादिङका नवराज तिमिल्सिनासंग विवाह भएको थियो ।

अनमी पढेकी ज्योति लोकसेवा आयोगको परीक्षाको तयारी र छोरीको पढाइका लागि भन्दै भरतपुर बस्दै आएकी थिइन् । उनका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छन् ।परिवारले खोजी गरिदिन भन्दै भदौं १३ गते नै जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका थिए । जिल्ला प्रहरी कार्यालय चितवनले हुलियासहित कतै देखेमा प्रहरी समक्ष सम्पर्क गराउन जानकारी गराएको छ । यसैबीच ताकमबाट माइतीपक्षले समेत खोजीकार्यमा सहयोगको अपिल गरेका छन् ।