जलजला गाउँपालिका–३ पर्वत बेनीमा अवस्थित न्यू होराईजन आवासीय माविले सोमबार बेनीमा श्रीकृष्ण जन्माष्टमी पर्वको राधाकृष्ण रथयात्रा निकालिएको छ ।विद्यालयमा अध्ययरत बालबालिकालाई राधा र कृष्णको भेषमा सजाएर पर्वत बेनीमा परिक्रमा गराइएको हो ।

शैक्षिक संगै अतिरिक्त क्रियाकलापका साथै धार्मिक पर्वका बारेमा समेत बालबालिकालाई जानकारी गराउने उदेश्यले रथयात्रा गरिएको विद्यालयका सहायक प्रधानध्यापक अर्जुन पौडेलले बताए ।‘विद्यार्थीको सहभागितामा हरेक बर्ष रथयात्रा गरिन्छ,‘विद्यार्थीको गतिविधिमा अभिभावकले पनि राम्रो सहयोग गर्नुभएको छ’ उनले भने।रथयात्रामा सञ्चालक समितिका अध्यक्ष शिव जिसी, सञ्चालक,अभिभावकहरुका साथै शिक्षक र विद्यार्थीको समेत उल्लेखनीय सहभागिता रहेको थियो ।

रथयात्रको क्रममा बजारमा रोकेर पुजा गरेका थिए । आगामी दिनमा समेत विभिन्न पर्वका साथै सार्वजनिक हित र सन्देसमुलक कार्यक्रमहरुमा सहभागिता जनाउने अध्यक्ष जिसीले बताए ।पर्वतको जलजला गाउँपालिका संगै म्याग्दीको सदरमुकाम बेनी आसपासका क्षेत्रका बालबालिकाले समेत अध्यययन गर्ने गरेका छन् ।