स्थापना दिवसको अवसरमा बौद्धिक अपाङ्ग विद्यार्थीलाई सहयोग

0

नेपाल निजामति कर्मचारी युनियन (सघ) जिल्ला कार्यसमिति म्याग्दीले आफ्नो २९ औँ स्थापना दिवसको अवसरमा बौद्धिक अपाङ्गग भएका विद्यार्थीलाई स्टेशनरी सामान वितरण गरेको छ। बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको बाल जागृति आधारभूत विद्यालयमा रहेका २९ जान विद्यार्थीका लागी १० हजार बराबरको स्टेशनरी साम्रागीका साथै सामान्यज्ञान, बाल साहित्यका पुस्तकहरु वितरण गरिएको हो ।

दिवसको अवसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि एवम् नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक अध्यक्ष माधवप्रसाद रेग्मीले बौद्धिक अपाङ्ता भएका विद्यार्थीलाई सहयोगको आवश्यकता रहेको बताए ।कार्यक्रममा विद्यालयका प्रअ भक्त बहादुर कार्कीेले सरकारी सेवासुविधाले मात्रै अपुग हुने भएकाले ब्यक्तिगत तथा संस्थागत सहयोगको आवश्यकता पर्ने बताए ।उनले स्थापनाकाल देखिनै ब्यक्तिगत तथा संस्थागत सहयोगले भौतिक संरचना सहितका शैक्षिक गतिविधिमा सहयोग मिलेको बताए । कार्यक्रममा संघका अध्यक्ष लिलानाथ पौडेलले कर्मचारीको हकहितका साथै सामाजिक र मानवीय सेवामा समेत सक्रिय रहेको बताए । आधिकारीक ट्रेड युनियनका उपाध्यक्ष डिल्लीराम रेग्मीले स्वागत गरेको कार्यत्रममा नेपाली कांग्रेस म्याग्दीका प्रबक्ता अजयमिलन श्रेष्ठ, सचिव क्या मिन बहादुर कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण हमालले मन्तव्य राखेका थिए । साम्रागी वितरण कार्यक्रमको सञ्चालन संघका सचिव बलराम बााियाँले सञ्चालन गरेका थिए।