दुवै मृगौला खरावी भएपछि उपचारमा आर्थिक अभाव भएका म्याग्दीका एक यूवालाई आर्थिक सहयोग भएको छ । जिल्लाको मंगला गाउँपालिका–५ नेटाका मृगौला पीडित १९ वर्षीय सुरेश छन्त्यालको उपचारका लागि साउदी अरव र मलेसियामा संकलन भएको १ लाख ७३ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।

सुरेश बचाउ अभियान सञ्चालन गरेको परोपकारी संस्था ओमकुमारी शान्ति कोषमा एक कार्यक्रम गरी साउदी अरवमा रहेका मंगला गापा–१ कुहुँका लोक बहादुर फगामीले संकलन गरेको ६० हजार ९८ रुपैयाँ, केजेसिएफ समुह मलेसिया ४७ हजार ८२३ रुपैयाँ, साउदी अरवमै रहेका कुहुँ खानीगाउँका होम बहादुर अर्मजा ४५ हजार र राजु अर्मजाले संकलन गरेको २० हजार १०५ रुपैयाँ सिता अर्मजा मार्फत अभियानका सदस्य लाल कुमार रोकालाई हस्तान्तरण गरिएको थियो ।

हालसम्म कोषमार्फत ५ लाख २१ हजार सहयोग जुटेको छ । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि आफन्तले ऋणधन संकलन गरी उपचारमा सहयोग गरेको कोषका अध्यक्ष राजेश शाक्यले भने ।उनका अनुसार कलिलै उमेरमा मृगौलाले काम नगरेपछि जिल्लाका ग्रामिण क्षेत्रमा समेत शुरेस बचाउ अभियान सञ्चालन भइरहेको बताए ।छन्त्यालको उपचारमा करिव २१ लाख खर्च हुने अनुमान गरिएको छ ।