हाईपर कु्र नेपालले गरेको रक्तदानमा २५ पिन्ट रगत संकलन

0
283

नेपाल रेडक्रस सोसाइटी म्याग्दी शाखाले ५६ औं स्थापना दिवसको अवसरमा म्याग्दीमा रक्तदान कार्यक्रम गरिएको छ । दिवसको अवसरमा सामाजिक अभियानमा सक्रिय हाईपर कु्र नेपाल म्याग्दीले बेनी नगरपालिका–७ विरेन्द्रचोकमा आयोजित रक्तदानमा २४ पिन्ट रगत सङ्कलन भएको छ ।

रक्तदानको रेडक्रस सोसाईटीका सभापति लेख बहादुर हमालले उद्घाटन गदैं रक्तदान नै जीवन दान भएकाले जीवन बाँढ्ने अभियानमा सहभागि हुन अनुरोध गरे । कार्यक्रममा रक्तसञ्चार केन्द्रका संयोजक सुरत केसी, उपसभापति अमर बानियाँ,मन्त्री यामवहादुर चोखाल, बेनपा–६ का वडा अध्यक्ष कृष्ण बहादुर बानियाँ, विरेन्द्रचोक टोल सुधार समितिका अध्यक्ष दल प्रसाद श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।

केही महिना आगाडी स्थापना भएको समुहले रक्तदानमा यूवापुस्ताको आर्कषण बढाउन कार्यक्रम गरिएको अध्यक्ष अनुप बानियाँले बताए । उनका अनुसार पहिलोपटक रक्तदान दिनेको संख्या धेरै रहेको बताउँदै भविस्यमा पनि समुहले विभिन्न रचनात्मक कार्य गर्ने बताए । उनले आगामी दिनमा आर्थिक अभावकै कारण उपचारबाट बन्चित हुने यूवापुस्तालाई लक्षित गरी विभिन्न कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा जिल्लास्थित रेडक्रसकर्मी, लायन्स क्लबका सदस्यहरु, कर्मचारी, स्वास्थ्यकर्मी, विद्यार्थी, सर्वसाधारणहरुले रक्तदान गरेको समुहकी सदस्य सिमान्त बानियाँले बताईन् । दिवसको अवसरमै विविध कार्यक्रम समेत गरिएको छ ।