धवलागिरी गाउँपालिकाकी अध्यक्ष पुनलाई मातृ शोक

0

धवलागिरी गाउँपालिकाकी अध्यक्ष थमसरा पुनलाई मातृ शोक परेको छ । पुनकी आमा ९० बर्षिया देविकाको मंगलबार निधन भएको हो । गाउँपालिकाको वडा नं ४ मुदीको खिवाङमा आफ्नै घरमा निधन भएको गाउँपालिकका उपाध्यक्ष रेशम छन्त्यालले बेनीअनलाइनलाई बताए । ‘निधनको खवरले स्तब्ध भएका छौ,‘अस्पतालमा उपचार गराई घर लैजानुभएको थियो’ छन्त्यालले भने ।

स्थानीय स्वास्थ्य चौकी, बेनी अस्पताल र पोखरामा समेत उपचार गराई चिकित्सकको सल्लाहमा परिवारले हेलिकप्टरमा घरमा लगेका थिए।बुधबार घाटमा अत्येष्टी गरिने मालिका गाउँपालिकाकी उपाध्यक्ष खरमायाँ विटालुले बताईन् । देविका खेतीपातीसंगै गाउँघरमा हुने सामाजिक कार्यमा समेत सक्रिय थिईन् ।