म्याग्दीको बेनी नगरपालिका वडा नं २ बगरफाँटमा जाँडरक्सी नियन्त्रण र सामाजिक विकासमा प्रोत्साहन गर्ने उद्धेश्यले तीलकुमारी कार्कीको अध्यक्षतामा १५ सदस्यीय टोल सुधार समिति गठन भएको छ ।बुधवार स्थानीय आमा समूह, जनप्रतिनिधि र गाउँका सर्वसाधारण संलग्न भेलाले सामाजिक विकृतिको रुपमा रहेको जाँडरक्सी र जुवातास नियन्त्रण गरी युवा पुस्तालाई सामाजिक कार्यमा अभिप्ररित गर्नका लागि समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा भगवती किसान,सचिवमा कल्पना घर्ती,कोषाध्यक्षमा लक्ष्मी थापा,सहसचिवमा कुशुम थापा रहनुभएको छ । त्यसैगरी समितिका सदस्यहरुमा नारायण कार्की,अम्बिका शर्मा,सावित्रा शाह,रत्नकुमारी कार्की,पवित्रा कार्की,राजकुमार खत्री,सम्मरबहादुर कार्की,जीतवहादुर कार्की,ओमदेवी घर्ती र खड्गवहादुर थापा रहनुभएको छ ।समितिका सल्लाहाकारमा क्या.मीनवहादुर कार्की,चन्द्रवहादुर घिमिरे,दुर्गावहादुर घिमिरे,चन्द्रवहादुर कुवँर,उषा घर्ती घिमिरे,गेमवहादुर घर्ती र गोविन्द शर्मा रहनुभएको छ ।