चरम गरिबीको कारण नियमित विद्यालयमा आउन नसक्ने पत्र प्रधानध्यापकलाई लेखेकी बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया पुजा खत्री र उनका भाईबहिनीको शिक्षादिक्षाम पुर्व प्रधानन्यायधीश सुशीला कार्कीले आर्थिक सहयोग गरेकी छन्।

जामुनाखर्क माविमा कक्षा ६ मा अध्ययरत खत्रीले आफ्नो नाम कक्षामा रहेको रजिष्टरबाट हटाइदिन अनुरोध गरेको पत्र सहितको समाचार प्रकाशित भएपछि कार्कीले आफ्नो पेन्सनबाट प्राप्त रकम मध्ये मासिक ५ हजार आफ्नै निवासमा खत्रीलाई हस्तान्तरण गरेकी हुन् ।बालबालिकालाई घर देखी विद्यालयसम्म कुनैपनि अभाव हुन नदिने गरी शिक्षामा नीतिगत सुधारको आवश्यकता रहेको बताईन् ।

‘मार्मिक पत्रले मलाई पनि भाबुक बनायो,‘मैले हरेक महिना पाँच हजार उनकै खातामा जम्मा गरिदिन्छु’ कार्कीले भनिन् । नेपालमा पुजा जस्ता धेरै बालबालिका रहेको बताउँँदै सामुदायिक विद्यालयमा अध्ययरत विद्यार्थीले आर्थिक अवस्था कमजोर भएकै कारण विद्यालय छोड्नुपर्ने उदाहरण समेत पुजा रहेको उनले बताईन् ।‘पुजा जस्ता धेरै छन्,‘मैले पेन्सनको केही हिस्सा यस्तै बालबालिकाको शिक्षादिक्षामा सहयोग गर्ने सोचमा छु’ कार्कीले भनिन्।

गरिबीका कारण अभिभावकले समेत छोराछोरीलाई अलपत्र छोडेर जाने डरलाग्दो समस्याको शिकार भएकी पुजा जस्ता धेरै बालबालिकाको खोजीमा सम्बन्धित निकायले चासो देखाउनुपर्ने बताईन् ।‘उनले लेखेको पत्रले देशभरका गरिबीका रेखामुनी रहेका बालबालिकोको प्रतिनिधित्व गरेको छ,‘पुजाको समस्यालाई गम्भीरतापूर्वक लिनुपर्छ’ उनले भनिन् ।

आर्थिक सहयोगलाई छोडेर गएका अभिभावकले आँखा लगाउन सक्ने तर्फ सचेत हुनु्पर्ने बताउँदै सहयोगलाई सदुपयोग गर्न सक्ने गरी संयन्त्र बनाउनुपर्नेमा कार्कीको जोड थियो। उनले पुजालाई पढाईमा ध्यान दिन अनुरोध गदैं सामुदायीक विद्यालयमै अध्ययन गरी नुमना विद्यार्थीको रुपमा देखिन समेत अनुरोध गरिन् । काठमाण्डौमा सहयोग सहित भेटघाटको क्रममा आफ्नै घरमा कार्की र उनका श्रीमान दुर्गा सुबेदीले ५ हजार आर्थिक हस्तान्तरण गरेका थिए । सोही अवसरमा खत्रीले आफुँ भविस्यमा समाजसेवी बन्ने योजना समेत सुनाएकी थिईन् ।

विज्ञापन