स्थानीय तहस्तरीय पूनर्निर्माणको अवस्था कमजोर भएको जनप्रतिनिधिले नै गुनासो गरेका छन् । पुननिर्माणसम्बन्धि कार्यशाला गोष्ठीमा सहभागी जनप्रतिनिधिले भूकम्पी पीडितलाई उपलब्ध रकम निकै न्यून भएकाले पनि अभियान फितलो भएको बताउँदै पीडितको आक्रोश चुलिएको बताएका थिए ।

म्याग्दीको सदरमुकाम बेनीमा बुधबा आयोजित नगर तथा गाउँपालिकास्तरीय पूनर्निर्माणसम्बन्धी अभिमुखीकरण तथा कार्ययोजना निर्माणका विषयमा सरोकारवालाहरुबीच कार्यशालामा बोल्ने अधिकांस जनप्रतिनिधिले धेरै किसिमका समस्या भएकाले जनप्रतिनिधिले विना दोष गाली खानुपरेको बताए ।

राष्ट्रिय पूनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ज्वागल ललितपुर र आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) ऋीएक्ष्ग्–न्ःब्ीक्ष्, केन्द्रीय आयोजना कार्यान्वयन इकाई–भवनले संयुक्तरुपमा भूकम्प कम प्रभावित १८ ओटा जिल्लाहरुमा पूनर्निर्माणसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ ।

पूनर्निर्माणका कार्यक्रमहरुको कार्यप्रगति र यसमा देखिएका चुनौतीहरु तथा पूनर्निर्माणमा गर्नुपर्ने आवश्यक सुधारका विषयमा जिल्लास्थित सरोकारवाला निकायसँग अन्तत्र्रिmया गर्ने उद्देश्यसहित कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ । कार्यक्रममा जिल्लाको ६ ओटा स्थानीय तहमा भैरहेका पूनर्निमाणका कामको विषयमा छलफल तथा अन्तत्र्रिmया गरिएको थियो। भौतिक पूर्वाधार निर्माण, स्थानीयस्तरमा आवश्यकता, पूनर्निर्माणको प्रभावकारिताका विषयमा स्थानीय तह अनुसार ६ ओटा समूहमा सामूहिक छलफल गरिएको बताइएको छ ।

छलफल तथा अन्तत्र्रिmया कार्यक्रममा चालु आर्थिक वर्षको असार मसान्तसम्म जिल्लामा पूनर्निर्माणको काम सक्ने कार्ययोजना बनाइएको छ । कार्यशालाको सागर अधिकारी, बन्दना सिंह, मोनिका श्रेष्ठ, रवि पन्जियार र प्रकाश वस्तीले सहजीकरण गरेका थिए ।चालु आवभित्रै पूनर्निर्माणको काम सक्नुपर्ने नेपाल सरकारको अवधारणा रहेको छ ।

म्याग्दी जिल्लामा निजी आवासतर्फ सर्भे भएका १ हजार ३५० मध्ये जम्मा लाभग्राहीको सङ्ख्या ८६८ कायम भएकोमा ७८० जनाले सम्झौता गरेका थिए । भूकम्प प्रभावित (लाभग्राही) सबैले पहिलो किस्ता प्राप्त गरेपनि दोस्रो किस्ता लैजानेमा २४४, तेस्रो किस्ता लैजाने १६, दोस्रो किस्ता प्राप्त गर्ने प्रक्रियामा ११ र तेस्रोमा २८ जना छन् ।राष्ट्रिय पूनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई प्रमुख शिवराम गेलालले म्याग्दी कम भूकम्प प्रभावित जिल्लामा सुचीकृत भएको बताउँदै गत वर्षको मंसिरसम्म दर्ता भएका ४२५ गुनासालाई केन्द्रमा पठाइएको जानकारी दिएका छन्।

उनका अनुसार बेनी नगरपालिकामा ४१७, रघुगंगा गाउँपालिकामा १४५, मंगलामा १२७, अन्नपूर्ण ११४, मालिका ३५ र धौलागिरिमा ३० भूकम्प प्रभावित छन् । त्यसैगरी जिल्लाभर ९९ ओटा विद्यालयहरु भूकम्प प्रभावित बनेकामध्ये गत वर्षसम्म ११ विद्यालयको पूनर्निर्माण भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रबहादुर केसीले निर्धारित समयमै पूनर्निर्माणको काम सक्नुपर्नेमा जोड दिए । नगर प्रमुख हरिकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले पूनर्निर्माणको काम गर्नका लागि सबै मिलेर अघि बढ्नुपर्ने बताए ।