जन्मदिनको खर्च मृगौला पीडितलाई सहयोग

0

एक विद्यार्थीले आफ्नो जन्मदिनको खर्च दुवै मृगौला खरावी भएपछि उपचारमा आर्थिक अभावमा उपचारमा समस्या भइरहेका एक यूवालाई सहयोग गरेको छ । आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका जिल्लाको मंगला गाउँपालिका–५ नेटाका मृगौला पीडित १९ वर्षीय सुरेश छन्त्यालको उपचारका लागि मंगला गाउँपालिका १ कुहुँ तुसारेपानी घरभई हाल माउण्ट एभरेष्ट आवासीय माविमा कक्षा १० मा अध्ययरत शलिना राम्जालीले ५ हजार सहयोग गरेकी छन् ।

शुक्रबार ओमकुमारी शान्ति कोषमा आयोजित कार्यक्रममा माउण्टमै अध्ययरत अलिशा राम्जालीले ५ हजार, मंगला गापा–१ पूर्णगाउँका जाल राम्जालीले १० हजार १०, मंगला- ४ बंरजा खानीगाउँ हाल अस्टेरिया रहेका ओमप्रकाश रोकाले १९ हजार १८१ र बेनपा–२ बगरफाँटमा रहेको बुद्ध एकेडेमीबाट विद्यार्थी र शिक्षकबाट १४ हजार ६०६ सहयोग गरेको आर्थिक संकलन अभियानका सदस्य लाल कुमार रोकाले जानकारी दिए ।उनका अनुसार शुक्रबार मात्रै कुल ५३ हजार ८५२ संकलन भएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा कोषका कार्यसमिति सदस्य सन्दिप खत्री, आजिवन सदस्य भोज बहादुर रिजाल, सुरेश बचाउ अभियानका संयोजक डक बहादुर रोका, सुरेशकी आमा सिता पाईजा छन्त्यालको उपस्थिति रहेको थियो । कलिलै उमेरमा मृगौलाले काम नगरेपछि जिल्लाका ग्रामिण क्षेत्रमा समेत शुरेस बचाउ अभियान सञ्चालन भइरहेको छ । घरपरिवारको कमजोर आर्थिक अवस्थाका कारण उपचारमा समस्या भएपछि आफन्तले ऋणधन संकलन गरी उपचारमा सहयोग गरेका थिए । छन्त्यालको उपचारमा करिव २१ लाख खर्च हुने अनुमान गरिएको छ ।