म्याग्दी क्याम्पस सभाले नै अध्यक्ष निर्वाचित गर्न सक्ने

0

जिल्लाकै पुरानो म्याग्दी बहुमुखी क्याम्पसको सभाले नै अध्यक्षलाई चयन गर्ने प्रावधान सहितको प्रस्ताव १८ औं क्याम्पस सभाले अनुमोदन गरेको छ। विगतमा क्याम्पस सभाले अध्यक्षका तीनजना उम्मेदवारको नाम त्रिभुवन विश्वविद्यालयमा प्रस्ताव गर्ने गरेको भएपनि विधान संसोधन गदैं क्याम्पससभाले नै अध्यक्षलाई चयन गर्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृति भएको हो ।

शुक्रबार सम्पन्न क्याम्पस सभाको उद्घाटन गदैं प्रदेश सांसद विनोद केसीले जिल्लाकै एकमात्रै स्नातकोत्तर तहसम्मको क्याम्पसलाई थप पूर्वाधार तथा शैक्षिक वातावरण बनाउन प्रदेश सरकारलाई आवश्यकता अनुसार सहयोगको पहल गर्ने बताए ।‘जिल्ला बाहिरका विद्यार्थीलाई पनि आर्कषित गर्न सकिन्छ,‘यहाँकौ शैक्षिक वातावरणलाई ब्यापक प्रचारप्रसार गर्नुपर्छ’ सांसद केसीले भने ।

सोही अवसरमा विशिष्ट अतिथि प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारले क्याम्पसको बृह्त्तर हितमा स्थानीय राजनीतिक दल, सरोकारावाला निकाय, समुदायको सक्रियता रहेकाले लक्ष्य अनुसार अगाडी बढ्नुपर्ने बताए ।

उनले शैक्षिक संगै विद्यार्थीलाई सामाजिक कार्य,जनचेतनामुलक अभियानमा समेत सहभागी बनाई समाजमा देखिएका विकृत र विसंगतीलाई न्यूनिकरणमा पहल गर्न समेत अनुरोध गरेका थिए । सभामा नेकपाका जिल्ला नेता एवम् पूर्व सांसद गोविन्द पौडेल, नेपाली कांग्रेस म्याग्दीका कार्यवाहक सभापति माधवप्रसाद रेग्मीले क्याम्पसका गतिविधिमा राजनीतिक दलको तर्फबाट आवश्उक सहयोगकाो प्रतिबद्धता जनाएका थिए ।

सभामा सञ्चालक समितिका कोषाध्यक्ष दिपेन्द्र कुमार श्रेष्ठले आर्थिक तथा लेखा प्रतिबेदन प्रस्तुत गरेका थिए। कुल २ करोड ८ लाख ६२ हजार आम्दानी रहेको प्रतिबेदनमा १ करोड ३७ लाख कर्मचारी खर्च, ५६ लाख ५७ हजार अन्य प्रशासनीक खर्च र २५ लाख ७८ हजार ह्रास कट्टी रहेको छ । आर्थिक प्रतिबेदनमा करिव १० लाख घाटा देखिन्छ । सोही अवसरमा क्याम्पस प्रमुख टिकाराम सापकोटाले प्रगति प्रतिवेदन, क्यूएए कार्यक्रमका क्याम्पस संयोजक गोरख बहादुर जिसीले उच्च शिक्षामा गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रणाली (क्यूएए) कार्यक्रमको हालसम्मको प्रगतिका बारेमा जानकारी गराएका थिए ।

सभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुबेदी, स्वागत उपाध्यक्ष सोमनाथ ढुंगाना र सञ्चालन क्याम्पस प्रमुख टिकाराम सापकोटाले गरेका थिए । करिव ४५ रोपनी क्षेत्रफलमा फैलिएको क्याम्पसमा प्लस टु, स्नातक तहमा ब्यवस्थापन, शिक्षा र मानविकी संकाय र ब्यवस्थापन संकायमा स्नातकोत्तर तहको पठनपाठन समेत भइरहेको छ । क्याम्पसमा ११ सयभन्दा बढी विद्यार्थी अध्ययरत छन् । शिक्षाप्रेमीबाट करोडौं चन्दा संकलन गरी क्याम्पसको स्थापना गरिएको थियो ।