न्यू होराईजन माविमा कक्षा ११ का विद्यार्थीलाई स्वागत

0

पर्वत बेनीमा अवस्थित न्यू होराईजन आवासीय माविमा शुक्रबार कक्षा ११ का विद्यार्थीलाई स्वागत गरिएको छ।  महिलाहरुको महान पर्व तिजको अवसरमा विद्यालयमा आयोजित स्वागत तथा विविध कार्यक्रममा कक्षा १२ मा अध्ययरत विद्यार्थीले स्वागत गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दल बहादुर जिसीले उच्च शिक्षाका लागी विद्यालयमा प्रयाप्त पूर्वाधार सहित शैक्षिक वातावरण भएकाले विद्यार्थीको आर्कषण बढेको बताए ।

‘विद्यार्थीको आवश्यकतालाई सहजै ब्यवस्था गछौ,‘अतिरिक्त क्रियाकलाप पनि हाम्रो प्राथमिकता हो’ उनले भने ।
सोही अवसरमा महिला शिक्षकलाई दर खुवाउने कार्यक्रमका साथै खुल्ला तिज विशेष नृत्य प्रतियोगिताको आयोजना गरिएको थियो । प्रतियोगितामा कक्षा ८ की रेजिना सुबेदी प्रथम, कक्षा ६ की शिखा सेञ्चुरी द्धितिय, तृतिय कक्षा ४ समुह र सान्त्वना कक्षा २ की अस्मी विकले प्राप्त गरेको विद्यालयका सहायक प्रधानध्यापक अर्जुन पौडेलले बताए ।

उनका अनुसार प्रतियोगितामा १६ समुहकको उपस्थिती रहेको थियो । प्रतियोगितामा सञ्चालक समितिका अध्यक्ष्ना जिसी, विद्यालयका प्रअ रत्न जिसी, प्लस टु कोअर्डिनेटर नारायण पौडेल लगाएतले पुरस्कृत गरेका थिए । कार्यक्रमको सञ्चालन अनिल पौडेलले गरेका थिए । कार्यक्रममा विद्यालयका सञ्चालक र अभिभावकको समेत उपस्थिती रहेको थियो । पर्वत बेनीमा अवस्थित विद्यालयमा पर्वतका साथै म्याग्दीको सदरमुकाम बेन आसपासका विद्यार्थी समेत अध्ययरत छन् ।