इशा गुरुङले पुजालाई २ लाख ११ हजार सहयोग हस्तान्तरण

प्रधानाध्यापकलाई चरम गरिबीका कारण आफू विद्यालय आउन नसक्ने पत्र लेखेकी बेनी नगरपालिका–६, फोओठेकी १२ वर्षीया पूजा खत्री र उनका भाई बहिनीको शिक्षामा कास्की पोखरा घई हाल बेलायतमा रहेकी इशा गुरूङले १ लाख व्यक्तिगतसहित साथीहरुबाट उठाएर कुल २ लाख ११ हजार सहयोग हस्तान्तरण गर्नुभएको छ ।

Posted by बेनीअनलाइन – Benionline.com.np News on Saturday, September 1, 2018

जामुनाखर्क माविमा कक्षा ६ मा अध्ययरत खत्रीले गत भदौ १ गते विद्यालयका प्रधानध्यापक घरायसी समस्याले विद्यालयमा उपस्थिती हुन नसकेको पत्र गाउँकै साथी मार्फत विद्यालयमा पठाउँदै आफ्नो नाम कक्षामा रहेको रजिष्टरबाट हटाइदिन अनुरोध गरेको पत्र सहितको समाचार बेनी अनलाइन सहितका सञ्चारमाध्यमले प्रकाशित गरे लगत्तै १ लाख सहयोगको घोषणा गर्नुभएकी गुरूङले विश्वका कुनाकुनाबाट सहयोग जुटाउनुभएको थियो । ‘पूजाको मार्मिक पत्रका बारेमा जानकारी पाएलगत्तै मैले १ लाख सहयोगको घोषणा गरेको थिए,‘पूजाको पत्रमा गरिबीको पीडा लुकेको छ’ बेनीअनलाइनसंग कुराकानी गदैं गुरूङले भन्नुभयो ।

उहाँले न्यूज २४ टेलिभिजनमा प्रशारित सिधा कुरा जनतासँगको कार्यक्रमका प्रस्तोता रवी लामिछाने मार्फत पुजा र शिक्षक रामप्रसाद सुबेदीमार्फत काठमाण्डौमै हस्तान्तरण गर्नुभएको थियो । यूकेमा रहनुभएका गुरूङले पुजालाई सहयोग जुटाउन ब्यापक अभियान सञ्चालनका साथै पुजालाई काठमाण्डौको पशुपतिनाथ मन्दिर, चिडियाखाना लगाएत विभिन्न क्षेत्रमा आवतजावत सहित घुम्ने खर्च समेत सहयोग गर्नुभएको थियो ।

गरिब तथा विपन्न बालबालिकालाई ब्यक्तिगत सहित सहयोग संकलन गरी सहयोग गर्ने गरेकी गुरूङले भूकम्प पीडित, बाढीपहिरो पीडितलाई समेत सहयोग गरेकी गर्नुभएको थियो । प्रवासमा सामाजिक अभियान्ताको रुपमा स्थापित भएकी गुरूङले सहयोगलाई सदुपयोग गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । सहयोग अभियानको छोटो समयमै उक्त रकम संकलन भएको गुरुङको भनाई छ । यसैबीच गु्रुङले नेपाल आउँदा पूजाको परिवारमा पुगेर दुखसुख साट्ने योजना समेत बनाउनुभएको छ । पुजाको अभियानलाई ब्यापक बनाउन गुरुङको समेत महत्वपूर्ण भूमिका रहेको छ ।