बेनीबाट प्रकाश हुने रिखार दैनिकका प्रकाशक सन्तोष गौतम शनिबार पुरस्कृत भएका छन् ।बेनीमामहिलाहरुको नेतृत्व र ब्यवस्थापनमा सञ्चालितदिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सातौ वार्षिक साधारणसभाको अवसरमानगदतिनहजार ३३३ रुपैया सहित पुरस्कृत गरेको हो । जिल्ला सहकारी संस्थाकाअध्यक्ष प्रेमबहादुर कार्की, प्रजिअलिलाधर अधिकारी र संस्थाकीअध्यक्ष ज्योती लामीछानेले नगद पुरस्कार प्रदानगर्नुभएको थियो ।

विगत ११वर्षदेखि पत्रकारीतामा सक्रियगौतमले म्याग्दीको आर्थिक, सहकारी, बैंक वित्तिय, पर्यटन, कृषि, पूर्वाधार विकास सम्बन्धिखोजमुलक समाचार सम्प्रेशण गरेको योगदानको कदर गर्दैपुरस्कृत गरिएको संस्थाकीअध्यक्ष लामीछानेले बताउनुभयो ।रासस, सगरमाथा टिभी, धाौलागिरी टिभी, कारोबार आर्थिक दैनिक, म्याग्दीकालीएफएमलगायतका सञ्चार माध्यममा आवद्ध गौतमले यसै महिनादेखी बेनीबाट प्रकाशन हुदै आएको रिखार दैनिकको प्रकाशकको जिम्मेवारी समेत लिनुभएको छ ।

साधारणसभाको अवसरमाफोक्सो सम्बन्धि समस्याबाट बिरामीभएकी रघुगंगा गाउँपालिका १ बेगखोलाकीखिमकुमारी शर्माको उपचारका लागि १५ हजार १५१ र मंगलागाउँपालिका ५ नेटाका मृगौला पिडित सुरेश छन्त्यालको उपचारका लागि ११ हजार १११ रुपैया सहयोग गरेको छ ।

यसैगरी बेनपा ५ भिरमुनीका कर्णबहादुर कार्कीलाई मुट्ठीदानअभियानमार्फत १५ पाथीचामल, ५ केजीनुन, ५ लिटर तेल, ५ केजी दाल, १ केजीचियापत्ति र १ प्याक साबुन सहयोग गरेको छ । संस्थाका सदस्यहरुबाट मुट्ठीदानअभियानमार्फत आर्थिक र खाद्यान्न संकलन गरी हालसम्म ११ ठाउँका ७० जनालाई सहयोग गरेको जनाएको छ ।

यसैगरी उक्त सहकारीले गतआर्थिक वर्षमादशहजार २१ लख ६८ हजार ७९२ रुपैया निक्षेप संकलन, १३ करोड ३६ लाख १० हजार ९४२ रुपैया कर्जा लगानी, एक करोड ९२ लाख ८० हजार ६०२ रुपैया आम्दानी, एक करोड ५४ लाख ८१ ह्जार ८८५ रुपैया खर्च र १८ लाख २१ ह्जार २५६ रुपैया मुनाफाभएको जनाएको छ । ८५५ जना सदस्यको चार करोड २१ लाख ५१ ह्जार रुपैया सेयर पुजी रहेको संस्थाले मुट्ठिदानअभियानमार्फत गरिब, विपन्न, असाहय, अशक्तहरुलाई सहयोग गर्दै आएको कोषाध्यक्षजगतदेवीखत्रीले बताउनुभयो ।