म्याग्दी कारागारमा अभिभावकसंगै दुईबालक (भिडियो)

0

‘आमाको काख, अरूको लाख’ भन्ने उखान नेपाली समाजमा प्राचिनकाल देखिनै चर्चित छ । सन्तानको खुसीका लागि आमाबुबाको मायाँ र स्नेहको तुलनामा अरुसँग हुनै सक्दैन् । आमाबुबालाई पनि सन्तानको मायाँ अमुल्य हुन्छ । तर, आवेगमा आएर अभिभावकले गर्ने गम्भीर गल्तीले सन्तानले समेत नराम्रो संग दुख पाउने गरेका छन् ।जसको उदाहरण जिल्ला कारागार म्याग्दीमा रहेका दुई अबोध बालक बनेका छन् ।

कतब्र्य ज्यानको मुद्धामा बेनी नगरपालिका–२ खवरामा अवस्थित कारागारमा जेल जीवत विताइरहेका दुई महिलासंगै बालकले आश्रित जीवन विताउँदै आएका छन् । जिल्लाको मालिका गाउँपालिका–२ रुमकी रञ्जना घर्ती क्षेत्री र बेनी नगरपालिका–९ घतानकका उत्तम र मनिसा खड्का छोरासंगै जेलभित्र छन् ।तोतो बोल्न सिक्ने उमेरका दुई बालक आमासंगै कालिगण्डकी नदीको नजिक रहेको जेलभित्रको एउटा कोठामा उकुसमुकुसमा दैनिकी विताइरहेका छन् ।

रूमकी रञ्जनाले आफ्नै श्रीमान र घतानका उत्तमले श्रीमतिसंगै मिलेर भाउजुको हत्याको आरोपमा बन्दी जीवन विताइरहेका छन् । ‘बालकलाई कुनै समस्या छैन्,‘उनीहरुलाई आश्रित बालबालिकाले प्राप्त गर्ने सुविधा उपलब्ध गराइरहेका छौ’ जेलर राजेन्द्र शर्माले भने ।उनका अनुसार महिला कैदीबन्दीको संख्या कम भएकाले पनि आमासंगै हुर्किरहेको बताए ।

 

तातेबोलीमा कखरा सिक्ने उमेरमा उनीहरूले अग्लो पर्खालभित्र एकै ठाउँमा बिताइरहेका बालकका अभिभावकले समेत कखरा सिकाउने चाहना ब्यक्त गरेका छन् । कारागारमा कार्यरत प्रहरीका अनुसार लामो समयसम्म छोरालाई संगै राख्दा भविस्यमा गम्भीर असर गर्ने भएकाले उचित हेरचाह सहित शिक्षादिक्षाको ब्यवस्था गरिदिन समेत अनुरोध गर्ने गरेका छन् ।
‘हत्याको आरोपमा जलेमा परेकी आमासंगै अबोध बालकको बाध्यता हो,‘बिभिन्न संघसंस्थाबाट सहयोग समेत आइरहेको छ’ प्रजिअ लीलाधर अधिकारीले भने ।

उनले जेल प्रशासनले समेत प्राथमिकता दिएर रेखदेख गरेको बताए । कानुनी ब्यवस्थामा आश्रित बालबालिकालाई कैदीबन्दीसँगै थुनामा नराखेर बालसुधार गृहमा राख्नुपर्नेमा महिला अधिकारकर्मी हिरा शर्माले बताईन्। उनले जेलभित्र बोलिने भाषा लगाएतको वातावरणले बालबालिकामा नकारात्मक सन्देश प्रवाह हुने भएकाले पनि संरक्षणको वातावरण बनाउनुपर्ने बताईन् । लायन्स क्लव बेनी दोभानकी अध्यक्ष समेत रहेकी शर्माले अभिभावककै भूमिका निर्वाह गर्ने संघसंस्थाले संरक्षण गर्न सकेमा सहज हुने बताईन् ।

आमाबुबासंगै कारागारभित्रको बन्द कोठामा दिनरात विताइरहेका बालबालिकाको भविस्यमा समेत नकारात्मक सन्देश प्रवाह हुनसक्ने भएकाले कारागारभित्रै मनोरञ्जन र शिक्षा आर्जनको ब्यवस्था मिलाउन आवश्यक देखिन्छ । कारागार भित्र क्षमता भन्दा तेब्बर कैदीबन्दी रहेका छन् । ६९ जना पुरुष र ४ महिला रहेको कारागार प्रशासनले जनाएको छ । जेलभित्र रहेका बालकलाई उद्धारका लागि बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी निकायले कुनै चासो देखाएका छैनन् । जाडोयाममा चिसो र गर्मीमा उडुसले सुत्नै मुस्किल हुने गरेको कैदीबन्दीको गुनासो छ ।