कुहुँ समाज काठमाण्डौको अध्यक्षमा पाईजा

0

कुहुँ समाज काठमाण्डौको दोस्रो साधारणसभाबाट अध्यक्षमा झक बहादुर पाइजा निर्विरोध चयन भएका छन् । मंगला गाउँपालिका–१ कुहुँका विभिन्न बस्तीबाट काठमाण्डौमा बसोबास गर्ने कुहुँबासीको साझा संस्थाको शनिबार सम्पन्न भएको साधारणसभाबाट उपाध्यक्षमा लाली बुढाथोकी, सचिव याम बहादुर बुढाथोकी, सहसचिव तनु फगामी, कोषाध्यक्ष रुक बहादुर राम्जाली, सहकोषाध्यक्ष बोम बहादुर जुग्जाली रहेका छन् ।

त्यसैगरी सदस्यमा तिल कुमारी पुन, भगवती शेपुञ्जा, केशव पुन, चनमती पाइजा, ह देवी राम्जाली, बै देबी पुन र करिमा रोका रहेको निर्वतमान अध्यक्ष लिल कुमारी राम्जालीले बताईन् । यसैगरी मनोरञ्जन संयोजकमा तारा पुन, सदस्य लक्ष्मी पुन, देव रोका, ऋण संयोजकमा दिना पुन, संरक्षकमा गणेश रोका, विशिष्ट सल्लाहकार लिल कुमारी राम्जाली, बिल बहादुर रोका, बल बहादुर पुन रहेका छन् । कार्यक्रमको उद्घाटन गदैं पूर्व गाविस सचिव समेत रहेका गणेश रोकाले समाजका गतिविधिले कुहँबासीको शीर उच्च भएको बताए ।

साधारणसभाको सञ्चालन सचिव याम कुमारी बुढाथोकी, आर्थिक प्रतिबेदन रुक बहादुर राम्जाली र अध्यक्षता लिल कुमारी राम्जालीले गरेकी थिइन् । कुहुँ समाजले काठमाण्डौका साथै आफ्नै गाउँमा समेत सामाजिक तथा विभिन्न कार्यक्रम गर्ने गरेको छ । गत भदौको दोस्रो साता काठमाण्डौमा अलपत्र परेकी बेनपा ६ की पुष्पा पुनलाई समाजकी निर्वतमान अध्यक्ष राम्जालीले उद्धार गरी जिल्लासम्म ल्याएकी थिईन् भने समाजको तर्फबाट ५ हजार नगद समेत सहयोग गरिएको थियो । स