हिन्दु नेपाली महिलाको महानपर्वमा केहीबर्ष अगाडीसम्म पुुराना तिज गितको प्रयोग हुने गरेको भएपनि पछिल्लो समय पुराना भाका लोप हुन थालेकोमा चिन्ता ब्यक्त गरेका थिए । वडास्तरीय महिला सञ्जालले डोलेमा आयोजित जनचेतनामुलक तिज गित प्रतियोगिताको उद्घाटन गदैं वडा अध्यक्ष पदम पुनले तिजलाई आगामी बर्ष देखी बजेट विनियोजन गर्ने बताए ।

उनले महिला सञ्जाललाई तिज कार्यक्रमलाई सब्य र भब्य रुपका सफल बनाउन भूमिका खेलेको धन्यवाद दिएका थिए ।उनले सहरबजारमा तिज आउनुभन्दा हप्तौ अगाडी नै दर खाने गरिएको बताउँदै तिजलाई गाउँघरमा सुनसान हुने गरेको बताए । कार्यक्रममा राम बहादुर किसान, स्वास्थ्य चौकीकी सिनियर अनमी तारा घर्तीमगर, वडा सदस्य रत्न जिसी, मन कुमारी पुनले मन्तब्य राखेका थिए । भकिम्लीका विभिन्न बस्तीबाट उत्साहजनक सहभागिता रहेको कार्यक्रममा आमा समुह, टोल सुधार समितिमा आवद्ध महिलाले मौलिकता झल्कने गीत प्रस्तुत गरेका थिए ।

सोही अवसरमा तीज गितसंगै लाखे नाच समेत देखाइएको थियो । कार्यक्रममा वडा सदस्य हरिकला नेपाली, नेकपाका स्थानीय नेता दिल बहादुर थापा मगर, नेपाली कांग्रेसका नेता क्याप्टेन जस बहादुर पुन, जयन्ती माविका प्रअ राम बहादुर थापा, मुसुङडोले आधारभुत विद्यालयका शेर बहादुर विक लगाएतको उपस्थिती रहेको थियो । कार्यक्रमको स्वागत पूर्णमायाँ जिसी, अध्यक्षता कल्पना शर्मा निउरेले गरेकी थिईन् । सोही अवसरमा कार्यक्रममा सहभागिलाई दर खुवाइएको थियो ।