दुवै मृगौला खरावी भएपछि उपचारमा आर्थिक अभावमा उपचारमा समस्या भइरहेका एक यूवालाई इराकबाट १ लाख आर्थिक सहयोग गरिएको छ । बेनपा–६ कृष्ण मल्ल ठकुरीको संयोजकत्वमा कम्पनीभित्र रहेका नेपाली तथा विदेशीबाट उक्त सहयोग संकलन गरिएको थियो ।

आइतबार परोपकारी संस्था ओमकुमारी शान्ति कोषको कार्यालयमा आयोजित कार्यक्रममा कोषका अध्यक्ष राजेश शाक्य, सुरेशकी आमा सिता पाईजा र सरेश बचाउन अभियानका सदस्य लाल कुमार रोकालाई सहयोग हस्तान्तरण गदैं ठकुरीले कलिलै उमेरमा मृगौलाले काम नगरेको जानकारी पाएलगत्तै सहयोग जुटाउने अभियान सुरु गरेको बताए ।

उनले कम्पनीमा कार्यरत ५० जनाबाट संकलन गरेको आर्थिकले उपचारमा सहज हुने विश्वास ब्यक्त गरेका थिए । आर्थिक अभावका कारण उपचारबाट बन्चित भएका जिल्लाको मंगला गाउँपालिका–५ नेटाका मृगौला पीडित १९ वर्षीय सुरेश छन्त्याललाई बेनीबजारमा रहेको दिदी बहिनी सहकारील ११ हजार १११ सहयोग गरेको छ । छन्त्यालको उपचारमा करिव २१ लाख खर्च हुने अनुमान चिकित्सकले गरेको कोषका अध्यक्ष शाक्यले बताए । जिल्लाका ग्रामिण क्षेत्रका साथै विदेशमा समेत शुरेस बचाउ अभियान सञ्चालन भइरहेको छ ।