लगातारको बर्षापछि मराङ खोलामा आएको बाढीले झोलुङे पुलमा क्षती पुगेको छ । धवलागिरी गाउँपालिका–६ मराङको ठुलो र साना खोलामा गएराती आएको बाढीले खोतीयोग्य जमिनका साथै स्थानीयको घर समेत जोखिममा परेको छ । अत्याधिक बर्षासंगै खोलाको सतह बढेपछि झोलुङे पुलको एक भागमा क्षती पुगेपछि आवतजावत बन्द भएको छ ।

मराङका विभिन्न बस्तीका साथै मल्कवाङ, भेडिखाल्टा र छिमेकी रघुगंगा गाउँपालिकाको कुइनेमंगले क्षेत्रका बासिन्दालाई समस्या भएको स्थानीयले जनाएका छन् । पुलमा क्षती पुगेपछि जनविकास माविमा अध्ययरत विद्यार्थीलाई समेत समस्या भएको स्थानीयको भनाई उद्धित गदैं गम बहादुर गर्बुजाले बताए ।

उनका अनुसार सानो खोलाले अमर पुन, टेक प्रसाद गर्बुजा,रघुनाथ सुबेदी, हेम बहादुर पुन, भक्त बहादुर पुनको घर जोखिममा परेको छ भने ठुलाखोलाले लघुजलविद्युत,श्रीप्रसाद गर्बुजाको घर, हरिहर गलेश्वर मन्दिर उच्च जोखिममा परेको छ । बाढीसंगै खसेको पहिराले सिचाई साथै खेतीयोग्य जमिनमा समेत असर गरेको छ । मराङका करिव १० घरधुरी पहिरोको जोखिममा परेका छन् । पहिरोको स्थानीय जनप्रतिनिधिले स्थलगत अनुगमन गरेका छन् ।