पूजाको परिवारलाई थापा दम्पत्तीले बार्षिक ३ लाख सहयोग (भिडियो)

0
362

विद्यालयका प्रधानध्यापकलाई मार्मिक पत्र लेखेर विश्वभरका नेपालीलाई रुवाएकी म्याग्दीकी पूजा खत्रीको परिवारलाई अमेरिकामा रहेका एक दम्पत्तीले बार्षिक ३ लाख सहयोग गरेका छन् । बेनी नगरपालिका–६ फोओठेकी १२ बर्षिया खत्रीका अपाङ्ग हजुरबुबा, तीनभाई बहिनीलाई तेह्थुम जिल्ला मेन्छयायेम गाउँपालिका स्थायी घरभई हाल अमेरिकाको न्यूर्योगमा बसोबास गर्ने हेम र मायाँ थापाले बार्षिक ३ लाख सहयोग गर्ने प्रतिबद्धता कार्यान्वयन गरेका हुन् ।

बर्षेनी लाखौं सामाजिक तथा मानवीय क्षेत्रमा सहयोग गर्ने गरेका थापा दम्पत्तीले खत्री सहित तीनभाई बहिनीलाई शिक्षादिक्षा सहित हजुबुबाको रेखदेखमा समेत खर्च हुने गरी मासिक २५ हजारको दरले सहयोगको घोषणा गरेका थिए ।

गाउँको जामुनाखर्क माविमा कक्षा ६ मा अध्ययरत खत्रीले गत भदौ १ गते विद्यालयका प्रधानध्यापक सोमनाथ ढुंगानालाई रहर भएपनि बाध्यताले नियमित विद्यालयमा आउन नसक्ने अवस्थालाई जनाउ दिदैं आफ्नो नाम कक्षाको रजिष्टरबाट हटाइदिन अनुरोध गरेको पत्र बेनी अनलाइन, नागरिक दैनिक, न्यूज २४ टेलिभिजनबाट प्रशारण तथा प्रकाशित भएपछि थापाले गरेको घोषणालाई कार्यान्वयन गदैं पूजाका भाईबहिनीलाई बेनीमा रहेको न्यू वेष्ट प्वाइन्ट आवासीय माविमा आवासीय सुविधा सहित भर्ना गरेका छन् ।

विद्यालयमा आयोजित कार्यक्रममा थापाले आफ्ना भतिज श्याम थापा र जमुना राईको उपस्थितीमा बार्षिक सहयोग अन्तरगत १ लाख नगद हस्तान्तरण गदैं पूजाका बहिनी पुष्पा, पुनम र पुजनलाई आवासीय सुविधा सहित कक्षा १२ सम्मको शिक्षादिक्षाको जिम्मा लिदै सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका हेमका भतिज श्याम थापाले बेष्ट प्वाइन्टलाई भाईबहिनीलाई मासिक १५ हजार, पूजा र हजुरबुबालाई १० हजार सहयोग उपलब्ध गराउने बताए । ‘सम्झैतामा उल्लेख भएको रकम बर्षमा चारपटक आउँछ,‘उहाँले बार्षिक लाखौं सहयोग गर्नुहुन्छ’थापाले भने ।

उनले ब्यक्तिगत रुपमै गरिएको सहयोग निकै ठुलो भएको बताउँदै भविस्यमा म्याग्दीमै आएर समेत पूजाको परिवारलाई भेट्ने सन्देश समेत सुनाएका थिए । सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयले सम्झौता अनुसार १२ कक्षासम्म मासिक १५ हजारको दरले नै मासिक शुल्क, औषधी उपचार, होस्टेल सुविधा, पोशाक, पुस्तक, स्टेशनरी सहयोग गर्ने वेष्ट प्वाइन्ट फाउण्डेशनका अध्यक्ष सुर्दशन कुमार श्रेष्ठले प्रतिबद्धता जनाएका थिए ।

उनले समाजसेवी थापाले उपलब्ध गराउने सहयोगलाई स्वीकार गदैं आन्तरिक ब्यवस्थापन गरेर थापाको सपना पुरा गर्ने बताए।‘परिवारमा आएको विखण्डको चपेटामा परेका बालबालिकालाई हामीले सुन्दर भविस्य दिन्छौ,‘प्रतिबद्धतामा भएका भन्दा धेरै सहयोग गर्नेछौ’ श्रेष्ठले भने ।करारपत्रमा विद्यालयकी प्रधानध्यापक बिना झा, समाजसेवी थापाको तर्फबाट २ जनाले ९ बुँदे हस्ताक्षर गरेका थिए । सम्झौतामा तीनजना बालबालिकाको कक्षा १२ को परिक्षा दिएपछि करार समाप्त हुने जनाइएको छ ।

यसैबीच बेनीअनलाइनसंग कुराकानी गदैं समाजसेवी थापाले आफुँले गरेको प्रतिबद्धतालाई पुरा गर्ने बताए । ‘म धनी मान्छे होइन्, मैले गरेको प्रतिबद्धता पुरा गरेरै छोड्छु’ थापाले भने । आफुँले दैनिक मजदुरी गरेर संकलन गरेको रकमलाई सहयोग गर्ने बताउँदै आर्थिक सहयोगको सदुपयोग गरिदिन अनुरोध गरे । उनले पूजा र उनका भाईबहिनीलाई प्रतिबद्धता बाहेक पनि सहयोग गर्ने बताए ।कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका नासु राजेश पौडेल , निमित्त महिला विकास अधिकृत रेनुका प्रधान, पूजाका भाईबहिनीको स्थानीय अभिभावकको रुपमा रामप्रसाद सुबेदीलाई तोकिएको छ ।

कार्यक्रममा थापाको प्रतिनिधित्व गदै आएकी मेनकुा राईले हालसम्म गरेका सहयोग सहित थापाको बारेमा चर्चा गरेकी थिइन् । ‘हेम थापा गरिवका भगवान जस्तै हुनुहुन्छ,‘आफ्नै मेहनतले उहाँले धेरैको भविस्य बनाउनुभएको छ’ राईले भनिन् । अमेरिकामा एउटा सवारी चालकले १८ घण्टा काम गरेर नेपालमा दुखी गरिवलाई सहयोग गर्नु सानो कुरा नभएको बताईन् । सहयोग हस्तान्तरण तथा अभिभावक ग्रहण कार्यक्रममा बोल्दै पूजा खत्रीले आफ्नो रहर पुरा भएको बताईन् ।

‘पत्र लेखेको पहिलो दिन मैले रुदै भनेका थिए, आज हाम्रो घरमा खुसीयाली छाएको छ’ उनले भनिन् । पढ्ने चाहना भएपनि वातावरण नभएर पत्र लेखेको बताउँदै विश्वभरबाट प्राप्त सहयोगलाई हिनामिना हुन नदिने बताईन् । कार्यक्रममा खत्रीका आफन्त एवम् जामुनाखर्क माविका शिक्षक रामप्रसाद सुबेदी, पत्रकार हरिकृष्ण गौतमले समेत मन्तब्य राखेका थिए । कार्यक्रमको सञ्चालन वेष्ट प्वाइन्ट मिडिया हवका संयोजक कृष्ण जिसीले गरेका थिए । कार्यक्रममा विद्यालयका सञ्चालक समिति सदस्य यजनलाल शाक्य, कृष्णप्रसाद श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो । खत्री परिवारलाई थापाको सहयोग कक्षा १२ सम्म न्यूनतम ३६ लाखसम्म पुग्ने छ ।