एक्कासी कालिगण्डकी नदीको बाहव बढ्यो

एक्कासी कालीगण्डकी नदीमा पानीको बहाव बढेको छ । कालीगण्डकीको मुहान मुस्ताङको तल्लो भागदेखि नदीको सतह बढेसंगै तटिय क्षेत्रका बस्तीका बासिन्दा चिन्तित भएका छन् । दिउँसो करिव ३ बजे बढेको सतहले म्याग्दी र पर्वतमा नदी आसपासमा रहेको सडकलाई समान्य असर गरेको छ । एक्कासी उर्लिएको कालिगण्डकीले ठुला दाउरा समेत बगाएर ल्याएकाले बनजंगल भएको क्षेत्रमा पहिरो गएको अनुमान गरिएको छ ।

पानीको सतह बढेपछि जिल्ला प्रशासन कार्यालय म्याग्दीले तटीय, नदी आसपास क्षेत्रमा दाउरा तथा बालुवा संकलन गर्न जानेलाई सचेत रहन आग्रह गरेको छ । तटिय क्षेत्रमा बालुवा संकलन गरिरहेकाहरु पानीको बाहव बढेपछि भागाभाग गरेका थिए । पानीको बहाव बढेसँगै मुस्ताङ, म्याग्दी र पर्वतको तटीय क्षेत्र उच्च जोखिममा पर्ने भएकाले पनि सचेत हुन अपिल गरिएको छ ।

धेरै जोखिममा कालीगण्डकी नदी किनार पर्वत बेनीको तटिय क्षेत्रका साथै सिमाना मालढुंगाको माझी बस्तीसहित मोदीवेणी, सेतीवेणी र पुर्तिघाट बजार छन् ।पानीको सतह बढेको बेला नदीबाट काठलगायतका वस्तु निकाल्न किनारमा नजान सचेत बनाइएको छ । पानीको सतह बढ्नुको कारण बारेमा अझै पत्ता लाग्न सकेको छैन् । उत्तरी म्याग्दीका कालिगण्डकी सहित साना तथा रुप्से झरनाको बाहव समेत बढेको छ । उत्तरी म्याग्दीको जनजीवन अस्तब्यस्त छ । बेनी जोमसोम सडक अवरुद्ध भएको छ भने लगातारको बर्षाले स्थानीयलाई आवतजावनमा समस्या भइरहेको छ ।