म्याग्दीको मालिका गाउँपालिका– १ निस्कोटमा बन्चरो प्रहारबाट एक महिलाको ज्यान गएको छ । मालिका गाउँपालिक –१ निस्कोट दलेनाकी करिब ५० बर्षिया लक्ष्मी पटेकलाई छिमेकी ३० बर्षिया लोकमायाँ पटेलले बन्चरो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरायसी विवादमा एक्कासी लोकमायाँले बन्चरोले प्रहार गरेकी थिईन् । मंगलबार साँझ ५ बजे आसपासमा भएको घटनाका बारेमा अनुसन्धान भइरहेको छ । प्रहरीले अभियुक्त लोकमायाँलाई नियन्त्रणमा लिएको प्रहरी निरिक्षक लोक गुरुङले बेनीअनलाइलाई बताए । उनका अनुसार अभियुक्तलाई बयान लिने क्रममा घरायसी विवाद बुझिएको छ । कर्तब्य ज्यान मुद्धा दर्ता गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

विज्ञापन