एक्कासी कालिगण्डकी र रघुगंगा खोलामा पानीको सतह बढेपछि तटिय क्षेत्रमा क्षती पुगेका छ । धौलागिरी हिमाल आसपासमा परेको भिषण वर्षापछि कुइनेमंगलेमा सामुदायिक विद्यालय तथा भवन सहित रघुगंगाको तटिय क्षेत्रमा सामान्य क्षती पु¥याएसंगै कालिगण्डकीमा मिसिएपछि म्याग्दीको सदरमुकाम बेनीबजारलाई संरक्षण गर्न बनाइएको पक्की पर्खालको केही भाग भत्किएको छ ।

उर्लिएको रघुगंगा र कालिगण्डकीले म्याग्दी उद्योग वाणिज्य संघको भवन देखी जेसीज भवनसम्मको पर्खाल भत्किएको छ भने आसपासमा राखिएको दुईवटा डोजरमा समेत क्षती पुगेको छ ।तटबन्धनसंगै दुईवटा डोजर खोलामा खसेको छ । बजार संरक्षणका लागि बनाइएको पक्की पर्खाल भत्किएसंगै आसपासका क्षेत्रमा प्रहरी समेत परिचालन गरिएको छ ।

तटबन्धन भत्किएपनि पानीको सतह घट्दै गएकाले जोखिम कम भएको अवस्थामा खोला आसपासमा पुगेका सर्वसाधारणलाई प्रहरीले रोकेको छ । म्याग्दी उवासंघ देखी जेसिज भवनसम्मको क्षेत्रमा आवतजावत रोखिएको छ । यसैबीच हिमाली जिल्लामा समेत बाढीले क्षती पुगेको छ । मुस्ताङको थासाङ गाउँपालिकाका विभिन्न स्थानमा बाढीले स्याउ, विद्यालय, सामुदायिक भवनमा क्षती पुगेको छ । कालिगण्डकीको कटानले बेनीजोमसोम सडक समेत धरापममा परेको छ ।

सडकखण्डका विभिन्न स्थानमा छियाछिया पारेकाले सडक नियमित गर्न केही दिन लाग्ने अनुमान गरिएको छ ।
उत्तरी क्षेत्रमा रुप्से झरना समेत ह्वात्तै बढेको थियो । झरनामा बग्ने पानी समेत धौलागिरी हिमाल आसपासका क्षेत्रबाट आउने भएकाले पनि हिमाली क्षेत्रमा बर्षाकै बाढीको प्रमुख कारण मानिएको छ । रुप्से झरनाको बाहवले पुल समेत जोखिममा परेको छ । बाढी पूर्वानुमान महाशाखाको वेबसाइटमा रघुगंगामा पानीको सतह २ मिटरबाट बढेर ३.५२ मिटर र कालीगण्डकी नदीमा ७.१२ मिटर पुगेको छ ।

रघुगंगाको ५ मिटर र कालीगण्डकीको ७ मिटर सतर्कता तह भएकाले पनि कालिगण्डकी नदी आसपासका क्षेत्रका बस्तीमा बसोबास गर्नेलाई सचेत रहनु अनुरोध गरिएको छ । एक्कासी उर्लिएको कालिगण्डकीले ठुला दाउरा समेत बगाएर ल्याएकाले बनजंगल भएको क्षेत्रमा पहिरो गएको अनुमान समेत गरिएको थियो । नदीमा ल्याएको ठुला रुखले समेत आसपासका क्षेत्रमा कटान गरेको छ । यसैबीच राती १०ः३० सम्म पानीको सतह केही घटेपनि जोखिम रहेकाले प्रहरीले भत्किएको तटबज्धन आसपासमा निगरानी बढाएको छ ।