म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन ठप्प

0
399

नेपाल राहत शिक्षक केन्द्रीय समितिको ३ दिने बन्दका कारण म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन ठप्प भएको छ। राहत शिक्षकको हक अधिकारसँग सम्बन्धित बिभिन्न ४ बुँदे माग राख्दै समितिले आव्हान गरेको बन्दले बिहिबार जिल्लाको सदरमुकाम बेनी तथा ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको हो ।

सदरमुकाम बेनीमा रहेको बेनी सामुदायिक मावि, प्रकाश माविमा आन्दोलरत शिक्षकले पठनपाठन बन्द गराएका छन भने ग्रामिण क्षेत्रका अधिकांस विद्यालयको पठनपाठन बन्द भएको भकिम्लीको जयन्ती माविका शिक्षक सन्तोष सुबेदीलेब बेनीअनलाइनलाई बताए ।सामुदायिक विद्यालयले समेत शिक्षकको मागलाई अघोषित रुपमा एकबद्धता जनाएकाले म्याग्दीमा घोषित आन्दोलन सफल भएको अन्दोलनरत शिक्षकको भनाई छ ।

आधारभुत तथा मावि तहका विद्यालयको पठनपाठन ठप्प पारेका शिक्षकले माग पुरा नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् । जिल्लाभर २ सय ५१ जना राहत शिक्षक रहेको नेपाल राहत शिक्षक जिल्ला समिति म्याग्दीका अध्यक्ष देवराज शर्माले बताए। उनले राज्यले राहत शिक्षकको माग पुरा नगरे शैक्षिक क्षेत्रकै ठुलो आन्दोलन हुने चेतावनी समेत दिएका छन् । सामुदायिक विद्यालयमा राहत कोटामा रहेका शिक्षकको मेहनतले एसईई परिक्षाको नतिजामा समेत सुधार आएको छ ।

नीजि विद्यालयसंग सामुदायिकलाई प्रतिस्पर्धा गराउने गरी मेहनत गर्ने शिक्षकको मागलाई बेवास्ता गरिए तेस्रो चरणको आन्दोलनलाई ब्यापक बनाउने चेतावनी समेत दिएका छन् । बेनी नगरपालिका, मंगला, मालिका, धवलागिरी, रघुंगगा र अन्नपूर्ण गाउँपालिकाका सामुदायिक विद्यालयमा पुगेका विद्यार्थी विद्यालय बन्द भएपछि फर्किएका थिए। । आन्दोलनरत शिक्षकले जिल्लाका आधारभूत र मावि गरी २ सय ७२ वटा सामुदायिक विद्यालयमा ज्ञापनपत्र समेत बुझाएका थिए ।