रघुगंगामा बाढीको वितण्डा, ध्याँसीखर्कमा विद्यालय बगायो, तटिय क्षेत्रमा ब्यापक कटान

0
422

माथिल्लो क्षेत्रमा अत्याधिक बर्षासंगै जिल्लाको रघुगंगा गाउँपालिको विभिन्न स्थानमा क्षती पुगेको छ । बुधबार दिउँसो एक्कासी पानीको बाहव बढेपछि कुहइनेमंगलेको ध्याँसीखर्कस्थित रितुङ माविको दुई वटा भवन, शौचालय बगाएको छ भने एक भवन आधा बगाएको वडा अध्यक्ष गमान छन्त्यालले बेनीअनलाइनलाई बताए ।

‘हामी कटान गरेको क्षेत्र तर्फ जादैछौ,‘जोखिम कामयमै छ’ छन्त्यालले भने । उनका अनुसार कटानले भविस्यमा पनि ठुलो क्षतीको सम्भावना रहेकाले नियन्त्रणका लागि ठुलो बजेटको आवश्ककता रहेको बताए । उर्लिएर आएको रघुगंगाले घ्याँसीखर्कस्थित स्वास्थ्य चौकी बगाउनुका साथै तीन झोलुङ्गे पुलमा पनी क्षत्ती पुयाएको छ।

खरिबोटस्थित बेलबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल र यमबहादुर छन्त्यालको घर र कुईनेमंगलेको तेर्सो भन्ने ठाउँमा अर्को एउटा घर पनि रघुगंगामा आएको बाढीले बगाएको स्थानीयको भनाई उद्धित गदैं वडा अध्यक्ष छन्त्यालले भने । उनका अनुसार कटान रोक्न करोडौ बजेट लाग्ने बताए । ध्याँसीखर्क गाउँका करिव २० घर नदी कटानका कारण जोखिममा परेका छन् । यसैबीच बेनी नगरपालिका ९ गलेश्वर र रघुगंगा गाउँपालिका ३ मा रहेको बस्ती समेत कटान गरेको छ ।

नदी आसपासका क्षेत्रमा बनाइएका अस्थायी संरचना बगाएको छ । गलेश्वर वारी र पारीको बस्ती संगै राम मन्दिर कटानमा परेको छ । बेनीजोमसोम सडक, बेनीमा ल्याइएको खानेपानीको पाइपमा समेत क्षती पु(याएको छ। यसैबीच कालिगण्डकी र रघुगंगाको क्षतीको विवरण संकलन भइरहेको छ । बेनीबजार संरक्षणका लागी बनाइएको पर्खाल भत्किएपछि पर्खाल भत्किएको आसपासका क्षेत्रमा जोखिम बढेको छ ।