रघुगंगा खोलाको वितण्डाले रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको ध्याँसीखर्कमा क्षती पुगेको छ । माथिल्लो क्षेत्रमा अत्याधिक बर्षासंगै उर्लिएर आएको खोलाले रितुङ माविको दुई वटा भवन, शौचालय बगाएको छ । भवनसंगै खेलकुद मैदान, सामुदायिक भवनमा समेत क्षती पुगेको स्थानीय रवी छन्त्यालले बेनीअनलाइनलाई बताए । उनका अनुसार कटानले लाखौंको क्षती पुगेको छ ।

विद्यालयको एक भवनको आधा भत्किएपछि पठनपाठन समेत प्रभावित भएको छ । खोलाले घ्याँसीखर्क्स्थित स्वास्थ्य चौकी बगाउनुका साथै तीन झोलुङ्गे पुलमा पनी क्षत्ती पुयाएको उनले बताए । खरिबोटस्थित बेलबहादुर छन्त्याल, चन्द्रबहादुर छन्त्याल र यमबहादुर छन्त्यालको घर र कुईनेमंगलेको तेर्सो भन्ने ठाउँमा अर्को एउटा घर पनि रघुगंगामा आएको बाढीले बगाएको स्थानीयको भनाई उद्धित गदैं वडा अध्यक्ष गमान छन्त्यालले बताए।

उनका अनुसार कटान रोक्न करोडौ बजेट लाग्ने बताए । ध्याँसीखर्क गाउँका करिव २० घर नदी कटानका कारण जोखिममा परेका छन् । यसैबीच बेनी नगरपालिका ९ गलेश्वर र रघुगंगा गाउँपालिका ३ मा रहेको बस्ती समेत कटान गरेको छ। विगतमा समेत ठुलो क्षती पुगेको थियो । तस्वीर सौजन्य रवि छन्त्याल